• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बैक-विमा विजनेश

    माछापुछ्रे बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

    550
    SHARES


    काठमाडौं । माछापुछ्रे बैंकको २३औंं वार्षिक साधारणसभा कात्तिक २६ गते शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ । बैंकको आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान बाडँफाट, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण विवरणहरु पारित भएको छ ।

    उक्त साधारणसभाले बैंकको आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीलाई हालको चुक्ता पूँजीको १४ प्रतिशत लाभांश (०.७ प्रतिशत नगद र १३.३० प्रतिशत बोनस लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    साथै, सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिले बाँकी कार्यकालसम्मका लागि नियुक्त गरेको सञ्चालकहरुको नियुक्ती अनुमोदन गरिएको छ ।बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७८ लाख रुपैयाा खुद नाफा गरेर प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो ।

    बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ । स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुछ्रे बैंकले आफ्ना १६२ वटा शाखा मार्फत सेवा दिदिरहेको छ ।

    यस्तै बैंकले १५४ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा ३१६ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गर्नुका साथै, बैंकको देशभर २०० वटा एटीएममार्फत् ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया