• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    यौ’नकर्मीसँग निःशुल्क समय बिताउने मौका, तर पुरा गर्नुपर्नेछ यस्तो शर्त

    1.4K
    SHARES


    काठमाडौँ । कोरोना भाइरससँगको लडाईंमा भ्याक्सिन अत्यावश्यक ह’तियार हो तर यति हुँदाहुँदै पनि मानिसहरु भ्याक्सिन लगाउन तयार छैनन् । यसैकारण मानिसहरुलाई खोप केन्द्रमा ल्याउन विभिन्न प्रकारको अफर दिइँदैछ ।

    यसमा डिस्काउन्ट, फ्रि बियरका साथै विभिन्न अफर लागू गरिएको छ तर अस्ट्रियाको राजधानी वियनामा जुन अफर दिइँदैछ, त्यो सुन्दा तपाईंलाई अचम्म लाग्ला ।

    इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार वियनामा कोरोना भ्याक्सिन लगाउनेहरुले यौ’नकर्मीसँग निःशुल्क समय बिताउने अफर दिइँदैछ । फन पलास्ट नामको वेश्यालयले यो अचम्मको अफर ल्याएको हो । यो वे’श्यालयले खोपको सुविधा पनि उपलब्ध गराइरहेको छ ।

    अफरमा बताइए अनुसार खोप लगाएका व्यक्तिले आफूलाई मनपरेको यौ’नकर्मीसँग निःशुल्क ३० मिनेटको समय बिताउन सक्नेछ । रोचक कुरा के हो भने यो अफरको लाभ उठाउन मानिसहरु पुगिरहेका पनि छन् ।

    वे’श्या’लयका अनुसार खोप अभियानलाई प्रोत्साहन दिनु सबैको जिम्मेवारी हो । यसैलाई बुझ्दै आफूहरुले यस्तो अफर दिइरहेको वे’श्या’लयले बताएको छ ।

    अस्ट्रियामा ६४ प्रतिशत मानिसले मात्रै पूर्ण खोप लगाएका छन् । सरकार खोप अभियानको गति बढाउने कोसिस गरिरहेको छ । यसका लागि कडा निर्णय लिइँदैछ पनि ।  जस्तै रेष्टुरेन्ट, पब, सैलुन र अन्य सार्वजनिक स्थानमा भ्याक्सिन नलगाएका व्यक्तिलाई प्रवेशमा रोक लगाइएको छ ।

    देशका कडा नियम लागू गरिएको छ जसअन्तर्गत होटल र सिनेमाघर वा २५ जनाभन्दा बढीको कार्यक्रममा जानका लागि पूर्ण खोपको प्रमाणपत्र वा कोरोनाभाइरसबाट निको भएको प्रमाणपत्र दिन आवश्यक पर्छ ।

    अस्ट्रियामा ठूलो संख्यामा मानिसहरु वेश्यालय जान्छन्, यस्तोमा यौ’न’कर्मीसँग निःशुल्क समय बिताउने अफर प्रभावकारी हुने अनुमान गरिएको छ । प्रशासनसँग जोडिएका अधिकारीले पनि फन पलास्टको यो पहलले खोप अभियानलाई तीब्रता दिन मद्दत गर्ने विश्वास राखेका छन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया