• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    माओवादी केन्द्रसंग एकतामा आउन विप्लव र वैद्यलाई प्रचण्डको आव्हान

    534
    SHARES


    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवसहित समाजवादी आन्दोलन–क्रान्तिप्रति इमानदार हुने सबै कम्युनिष्ट एकबद्ध हुनुपर्ने बताएका छन् ।

    शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको नेकपा पनि माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरे ।

    उनले माओवादीबाट टुक्रिएर गएका अन्य नेताहरुसँग आफ्नो संवाद भइरहेको बताउँदै मोहन वैद्य किरण, बाबुराम भट्टराई लगायतका सबै माओवादी मिलेर नै मौलिक क्रान्तिकारी धारलाई अघि बढाउन सकिने बताए । साथै एकताको बारेमा विप्लव, वैद्य र बाबुरामसंग छलफल चलिरहेको पनि उनले खुसाला गरे ।

    ‘म यो मञ्चबाट भन्न चाहन्छु ढिलोछिटो, विप्लवजी पनि आउनुहुन्छ भनेर विश्वास पनि व्यक्त गर्न चाहन्छु । अलग बसेर होइन, हामी सबै एक ठाउँमा केन्द्रित भएर मात्रै नेपाली क्रान्तिलाई अझ मौलिक तरिकाले नयाँ अध्ययन अनुसन्धान गरेर, नयाँ रणनीतिसहित अगाडि लान सकिन्छ । अहिले कुराकानी पनि चलिरहेको छ,’ अध्यक्ष प्रचण्ड भने, ‘किरणजीहरु, बाबुरामजीहरु, विप्लवजीहरु र अरु समाजवादी आन्दोलनप्रति, समाजवादी क्रान्तिप्रति इमान्दार हुने सबै कम्युनिष्टहरु फेरि एकपटक एकताबद्ध हुनैपर्छ ।मलाई विश्वास छ, हामीले धेरै ठूलो संघर्ष र बलिदानपछि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म नेपाललाई ल्याएका छौं । हामी जानु अझ धेरै टाढासम्म छ । त्यो यात्रा हामी सबैले आपसमा हातेमालो गेरर मात्रै पार गर्न सकिन्छ । एक्लै पार गर्छु भन्यो भने त्यसको नियत जेसुकै भए पनि नियती क्षतविक्षत हुनु बाहेक अर्को हुँदैन ।’

    प्रचण्डले अहिले पनि जनयुद्धमा जस्तै प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीहरु माओवादीका राजनीतिक उपलब्धि उल्ट्याउने षडयन्त्रमा लागिरहेको बताएका छन् ।

    ‘फेरि पनि प्रतिक्रियावादीहरु प्रचण्डलाई नै कसरी सिध्याउने भनेर लागिरहेका छन् । किनभने प्रचण्ड नसिद्धिदासम्म माओवादी सिद्धिने भएन भन्ने ठानेर घेराबन्दी त्यसरी नै भइरहेका छन्’, प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले आन्दोलनका उपलब्धि र प्रचण्ड सिध्याउने षडयन्त्रमा प्रतिक्रान्तिकारीहरुले तारो बनाएकाले ‘बुलेटप्रुफ’ बनेर अघि बढ्न नेता कार्यकर्ताहरूलाई निर्देशन पनि दिए । उनले एउटै कालखण्डमा धेरै प्रचण्डहरू बन्न नसक्ने भन्दै प्रचण्ड नेपालको आन्दोलनले जन्माएको बताए ।

    ‘प्रचण्ड नेपाली जनताले जन्माएको हो । तपाई हामी सवै लडेर निर्माण गरेको हो प्रचण्ड । व्यक्ति होइन प्रचण्ड । फेरि एउटै युगमा, एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुनै सक्दैनन्’, अध्यक्ष प्रचण्डले भने, ‘थुप्रै मार्क्स हुने, लेनिन हुने,थुप्रै माओ हुने हुदैन ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया