• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    चीनलाई काउन्टर दिन जापान र अमेरिकाबीच भयो यस्तो सहमति

    285
    SHARES


    US Japan

    टोकियो । हिन्द–प्रशान्त क्षेत्रमा दुई देशको गठबन्धन बलियो बनाउन अमेरिका र जापान सहमत भएका छन् । प्रशान्त क्षेत्रमा चिनियाँ सेनाको बढ्दो उदयसँगै बेइजिङलाई ‘काउन्टर’ दिन र गठबन्धलाई थप शक्तिशाली बनाउन दुबै देश सहमत भएका हुन् ।

    अमेरिकाका हिन्द–प्रशान्त कमान्ड जोन अक्विलिनाको टोकियो भ्रमणका अवसरमा सहमति भएको हो । भ्रमणका अवसरमा अक्विलिनाले जापानी प्रधानमन्त्री फुमिओ किशिदासँग भेटावार्ता गरेका थिए ।

    भेटमा हिन्द–प्रशान्तमा क्षेत्रमा चीनले एकतर्फी रुपमा आफ्ना गतिविधि बढाएको र उत्तर कोरियाले हालै प्रहार गरेको मिसाइल परीक्षणबारे दुबै जनाले चासो देखाएका थिए । सो अवसरमा अक्विलिनाले हिन्द–प्रशान्त क्षेत्रमा शान्ति, स्थायित्व र समबृद्धि कायम गर्न अमेरिकी प्रतिबद्धता दोहोराएका थिए ।

    अक्विलिनाले रक्षामन्त्री नोबुओ किसी र नवनियुक्त विदेशमन्त्री योशिमासाा हायासीसँग पनि भेट गरेका थिए । रक्षामन्त्रीसँगको भेटमा हिन्द महासागरको सुरक्षा पकड कायम राख्न र चीनको हस्तक्षेप रोक्न दुई देशबीच संयुक्त सैन्य अभ्यासदेखि जापानालाई अमेरिकाले हतियार उपलब्ध गराउने विषयमा छलफल भएको थियो ।

    हिन्द–प्रशान्त क्षेत्रमा पछिल्लो समयमा चिनियाँ सेनाको उपस्थित बाक्लोे छ । उता युरोपेली सङ्घले बेलारुस र त्यहाँ अवैध आप्रवासीहरू ओसारपसारमा संलग्न व्यक्ति र कम्पनीहरूमाथि क्षेत्रगत प्रतिबन्धहरूसहित अन्य प्रतिबन्धहरू विस्तार गर्ने भएको छ ।

    कार्यवाहक विदेशमन्त्री हेको मासले बिहीबार जनाएअनुसार ईयूले बेलारुसका राष्ट्रपति अलेक्जेन्डरे लुकाशेन्कोको शासनविरुद्ध प्रतिबन्धहरू थप विस्तार गर्दै कडा बनाउने छ ।

    मन्त्री मासले जर्मन संसद्लाई बताएअनुसार सोमबार ब्रसेल्समा परराष्ट्र मन्त्रिपरिषद्मा यसबारे निर्णय लिइने छ । त्यसैगरी तस्करीमा संलग्न व्यक्ति र कम्पनीहरूमाथि पनि प्रतिबन्ध लगाइने छ । अन्य थप विकल्पहरूमाथि पनि छलफल भइरहेको जनाइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ