• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    एक्कासी चिसो बढेपछि मौसम विभागले गर्यो यस्तो अपिल, सबैले थाहा पाउनुपर्ने

    723
    SHARES


    काठमाडौँ । देशभर चिसो बढ्ने क्रम बढेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    हाल मौसमको अवस्थाबारे आज (शुक्रवार) बिहान आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले यस्तो बताएको हो । विभागका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।

    तर पनि हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहेको जनाइएको छ । यसैबीच महेन्द्रराजमार्ग हुँदै पूर्व–पश्चिम हिँडेका हजारौं यात्रु ३४ घण्टादेखि दाउन्नेको जाममा अलपत्र परेका छन् ।

    दाउन्नेका होटल व्यवसायी बुद्ध गुरुङका अनुसार बुधबार बिहान १० बजेबाट सुरु भएको जाम अहिले साँझ पौने ७ बजेसम्म पनि अझै छिचोलिएको छैन । राजमार्गमा खाल्डै खाल्डा भएको र ठाउँठाउँमा गाडी बिग्रिएकाले राजमार्ग अवरुद्ध भएको हो ।

    रुपन्देहीका पूर्वसहायक प्रमुख जिल्ला अधिकारी विजय पौडेलले सानो गाडीमा बर्दघाटबाट कावासोती आउन दिनैभरि नै जाममा परेर सास्ती भोगेको टेलिफोनमा जानकारी दिए ।

    दुम्कीवास बर्दघाट सडक खण्डको १४ किलोमिटर सडक उछिन्ने गाडीको होडले सडकमा दोहोरोतेहेरो जाम परेको छ । दाउन्नेको जाममा परेका धिरज काप्लेले भने, ‘सडक छिचोलिसक्नु छैन । लामो जाम छ ।’

    सडक फराकिलो पार्ने काम थालेको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले काम नगरेका कारण राजमार्गमा खाल्डैखाल्डा र धुलो अचाक्ली छ ।

    इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले दुम्किबास–बर्दघाट खण्डको बर्दघाटतर्फ लामा–लामा भारतीय मालबाहक ट्रक ठाउँठाउँमा बिग्रिएकाले राजमार्ग अवरुद्ध भएको जानकारी दिए ।

    ‘सडकभरि खाल्डैखाल्डा छन् । मालबाहक गाडी बिग्रिरहन्छ । यो सधैंको समस्या हो,’ उनले भने, ‘एकतर्फी खुलाउने प्रयास गरेको छु ।’ राजमार्ग पक्की नभएसम्म यो समस्या दिनहुँ यस्तै विकराल रहने उनले सुनाए ।

    देशकै लाइफलाइन मानिने यो राजमार्ग दसैंयता सधैं यस्तै अवस्थामा छ । राजमार्गमा धुलैधुलोले यात्रुले सास्ती पाएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया