• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    बढ्न थाल्यो कोरोना, एकैदिन थप ३६२ जना संक्रमितको मृत्यु

    143
    SHARES


    काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार त्यहाँ १० हजार ९९४ जना संक्रमणमुत्त भएका छन् ।

    गत २४ घण्टामा मात्रै ३६२ जना संक्रमितको मृत्यु भएको छ । त्यहाँ सकृय संक्रमितको संख्या एक लाख ५२ हजार ४३४ रहेको छ । विश्वभर कोरोनाबाट निको हुनेको संख्या २२ करोड ८२ लाख नाघेको छ ।

    पछिल्लो २४ घण्टामा ४ लाख २४ हजार ३३७ जना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या २२ करोड ८२ लाख ४ हजार ५५० पुगेको हो । यही अवधिमा ५ लाख ५३ हजार १३८ जना संक्रमित थपिएका छन् भने ८ हजार ३५० को मृत्यु भएको छ ।

    मृत्यु हुनेमा अमेरिकामा एक हजार ४९३, रुसमा एक हजार २३९, ब्राजिलमा २६४, बेलायतमा २१४ र टर्कीमा २०३ जना रहेका छन् । थपिने संक्रमित पनि अमेरिकाका धेरै छन् । त्यहाँ एकैदिन ९४ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    त्यसैगरी बेलायतमा ३९ हजार ३२६, रुसमा ३८ हजार ५८, टर्कीमा २७ हजार २५९ र ब्राजिलमा १४ हजार ३५७ जनामा संक्रमण पुष्टि भएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ