• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ‘घोक्रेठ्याक लगाउनुपर्ने चोलेन्द्रलाई भेट्न म किन जाने ?’

    454
    SHARES


    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले जारी राखेको धर्नामा अप्रत्यासित रूपमा प्रहरी हस्तक्षेप भएपछि नेपाल बार एसोसिएसन आक्रोशित बनेको छ ।

    महासचिव लिलामणि पौडेलसहितका छ जना अधिवक्ताहरूमाथि प्रहरीले लछारपछार गरेको भन्दै आक्रोसमा आएको बार प्रधानन्यायाधीश जबराले बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई भेट्न बोलाएपछि थप आक्रोशित भएको हो ।

    प्रहरीसँगको घम्साघम्सीबीच सर्वोच्च अदालतको सुरक्षार्थ खटिएका एसपी दीपक रेग्मीले श्रेष्ठलाई प्रधानन्यायाधीशले बोलाएको भन्दै भेट्न आग्रह गरेका थिए ।

    तर, श्रेष्ठ भने एक्लै भेट्न नजाने भन्दै कड्किए । ‘वरिष्ठज्यू सम्माननीयज्यूले माथि बोलाउनुभएको छ,’ एसपीले यति भनिनसक्दै श्रेष्ठ ‘अब म बोल्छु’ भन्दै ठूलो स्वरमा कराए, ‘चोलेन्द्रलाई अब च्यूत गर्नैपर्छ । अब सम्मानजनक बहिर्गमन होइन घोक्रेठ्याक लगाउनुपर्छ ।’

    प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको राजीनामा माग गर्दै धर्ना दिन सर्वोच्च परिसर छिर्ने क्रममा आन्दोलनरत वकिललाई प्रहरीले रोक्न खोजेपछि झडप भएको छ।

    झडपमा प्रहरीको लठ्ठी प्रहारबाट बार महासचिव लिलामणि पौडेल घाइते भएका छन्। उनको नाकमा चोट लागेको अधिवक्ता टिकाराम भट्टराईले बताए। अहिले सर्वोच्च परिसरमा वकिलहरूले प्रधानन्यायाधीशको राजीनामा माग्दै नाराबाजी गरिरहेका छन्।

    नेपाल बार एसोसिएसनले भोलिदेखि आफ्नो आन्दोलनको स्वरुप परिवर्तन गर्दै अब प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिने घोषणा गरेको छ ।

    नेपाल बार एसोसिएसनले आज पत्रकार सम्मेलन गर्दै भोलिदेखि प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने घोषणा गरेको हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ