• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    तोलामै १३०० ले बढ्यो सुनको मूल्य

    781
    SHARES


    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला रु एक हजार ३०० ले बढेको छ । जसअनुसार सुनको मूल्य प्रतितोला रु ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    बुधबार छापावाल सुन प्रतितोला रु ९२ हजार ७०० मा कारोबार भएको थियो। महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० रहेको छ ।

    त्यस्तै आज चाँदीको मूल्य रु २० बढेको छ । जसअनुसार चाँदीको मूल्य रु एक हजार २७० कायम भएको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा महासङ्घले नेपाली बजारका लागि दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया