• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एमाले प्रवेश गर्छु भन्दै बालकोट पुगेका गगनलाई केपी ओलीले किन फर्काए रित्तो हात ?

    0.9K
    SHARES


    काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो निवासमा आफ्ना मतदाता समक्ष डरलाग्दो अहंकार प्रदर्शन गरेका छन्। एमाले प्रवेश गर्छु भन्दै आफ्नो निवासमा आएका गगन पुरी लगायतलाई ओलीले भेट्न अस्वीकार गरेका हुन्।

    गगन पुरी माओवादी केन्द्रका दमकका नेता हुन्। उनी विगतमा माओवादीको तर्फबाट मेयरको उम्मेदवार बनेर पराजित भएका थिए। केपी ओलीको गृहनगर दमक हो।

    गगन पुरी र अन्य दुईजना ओलीलाई भेट्न मंगलबार साँझ उनको निवास पुगेका थिए। ओलीसँग भेट्ने प्रवन्ध दमककै एक एमाले कार्यकर्ताले मिलाइदिएका थिए। भेटको समय मिलेपछि पुरी र अन्य दुईजना ओली निवास बालकोट पुगेका थिए।

    भेट्न गएका अन्य एकजना मोरङ उर्लाबारीका पुराना कम्युनिष्ट कार्यकर्ता भएको बताइएको छ।बालकोटमा पहिले त गगन पुरीलाई ओली निवासको कम्पाउण्ड भित्र पस्नै दिइएन । सुरक्षाकर्मीले ‘भित्रबाट तपाईंको नाम आउनुपर्छ अनि मात्र भित्र जान पाइन्छ’ भनेका थिए।

    करिब एक घन्टा गगन पुरीको टोली गेट बाहिरै उभिएर बसेका थिए । त्यसपछि झापाकै एक एमाले नेता त्यहाँ आइपुगे। उनले गगन पुरीहरु केपी ओलीको क्षेत्रका मतदाता भएको बताउँदै अनुरोध गरिदिए पनि भित्र पस्न पाएका थिए।

    केपी ओलीले आफ्नो क्षेत्रका मतदातालाई पुरै बेवास्ता गर्दै आइरहेका छन् । ओलीको अहंकार गगन पुरीको टोलीले प्रत्यक्ष भोग्न पायो । आँगनमा ओली निवासका एक अर्दलीले भेट्ने के काम छ भनेर गगन पुरीलाई सोधेको थियो।

    गगनले ‘केपी कमरेडलाई नै भन्छु’ भनेका थिए । तर उनले आफूलाई भन्नैपर्ने नत्र भेट्न नपाइने भनेपछि गगनले एमाले प्रवेशको वातावरण मिलाउन तथा दमकको विकास निर्माण सम्बन्धमा कुरा गर्न आएको हुँ भनेका थिए।

    गगनको कुरा लिएर ती अर्दली भित्र गए। आधा घन्टापछि मात्र ती अर्दली बाहिर आएका थिए। बाहिर आएर उनले गगनलाई एमाले प्रवेश गर्ने भए प्रेस विज्ञप्ति जारी गरेर अथवा फेसबुकमा लेखेर प्रवेश गर्नु भन्नुभएको छ भने।

    ओलीको यस्तो जवाफ सुनेर गगनको टोली तिम्मिलाएको थियो। गगनले झोंक्किँदै हाम्रो क्षेत्रका सांसद्लाई भेट्न किन नपाउने भनेका थिए। अर्दलीले ‘तपाईंसँग भेट्दिन भन्नुभएको छ, खुरुक्क बाहिर जानुस्’ भनेका थिए।

    त्यसपछि गगनको टोली फर्किएको थियो। गगनको टोली बालकोट निवासमा रहेको बेला दर्जनौं व्यक्ति भित्रबाहिर गरिरहेका थिए। दर्जनौंले ओलीलाई भेटेका थिए। आफ्नो निर्वाचन क्षेत्रप्रति ओलीको यस्तो उपेक्षा नयाँ होइन।

    प्रधानमन्त्री भएको बेला पनि ओलीले आफ्नो क्षेत्रका मतदातालाई भेट्दैन थिए। आफ्नो निर्वाचन क्षेत्रप्रति ओलीको उपेक्षा देख्नेहरुका अनुसार आउँदो चुनाव ओलीले प्रत्यक्षमा नलडेर समानुपातिकबाट लड्ने अनुमान गर्न थालेका छन्।

    दमकमा अहिले नेपाली कांग्रेस अत्यन्त बलियो अवस्थामा छ। गगन पुरी अब कांग्रेस प्रवेश गर्ने सम्भावना बढेर गएको बताइन थालेको छ। ओलीलाई आउने निर्बाचनमा प्रचण्ड, देउबा मिलेर पत्तासाफ हुने गरि रणनीति बनाईरहेका छन्।

    त्यस्तै एमसीसीको कारण प्रचण्ड देउबा तनाब उत्पन्न भएको छ। सत्तासाझेदार प्रमुख दल नेकपा माओवादी केन्द्रले आफ्नो अडान कायम नै राखेको छ । यथाअवस्थामा कुनै हालतमा एमसीसी पास गर्न नहुनेमा एकमत भएको छ ।

    पार्टीको औपचारिक बैठक बाटनै माओवादी केन्द्रले लिखित रुपमा यथाअवस्थामा एमसीसी पास गर्न नसकिने निर्णय लिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले केहि दिन अघिमात्रै प्रचण्ड र आफुले एमसीसी पास गर्छौ भनेर अमेरिकालाई पत्र लेखेको बताए पछि माओवादी केन्द्रले पार्टी बैठकबाटै एमसीसी पास गर्न नसकिने निर्णय लिएको हो ।

    माओवादी केन्द्रले अमेरिकी अनुदान सम्झौता एमसीसी लाई यथास्थितीमा अनुमोदन नगर्ने औपचारिक निर्णय गरेको छ । आज बसेको माओवादी स्थायी समिति बैठकबारे जानकारी दिँदै प्रवक्ता कृष्णबहादुर महराले एमसीसीलाई परिमार्जनसहित राष्ट्रिय सहमतिका आधारमा मात्र अगाडि बढाउने निर्णय भएको बताए ।

    एमसीसीका विषयमा बाहिर जुन विषय सार्वजनिक भएको छ, हाम्रो पार्टी एमसीसीको विषयमा राष्ट्रिय सहमति कायम नभइकन, सम्झौताका केही बुँदा संशोधन र परिमार्जन नभइकन अगाडि नबढाउने कुरा भएको छ, बैठकको निर्णयबारे महराले भने ।

    एमसीसी अनुमोदनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पछिल्लो साता फरक–फरक अभिव्यक्ति आइरहेको बेला सत्तारुढ माओवादीले औपचारिकरुपमै यस्तो निर्णय गरेको हो ।

    माओवादीले एमसीसीका कतिपय बुँदा राष्ट्रिय हित र सम्प्रभुताविरुद्ध भएको बताउँदै आएको छ । तर, एमसीसी मुख्यालयले भने एमसीसी संशोधन गर्न नमिल्ने जवाफ सरकारलाई दिइसकेको छ ।

    लिलामणी पोखरेल, देव गुरुङ लगायतका नेताहरु पहिले देखीनै संशोधननै भए पनि कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने अडानमा रहेका छन् भने पछिल्लो समय पूर्व सभामुख समेत रहेका कृष्णबहादुर महरा पनि यो लाइमा थपिएका छन् ।

    केहि समय अघि मात्रै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले ओटीभी नेपाल डटकम सँगको कुराकानीमा बरु पार्टीले सरकार छोड्ने तर कुनै पनि हालतमा एमसीसी पास गर्न नदिने प्रष्ट पारेका थिए।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया