• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    शीतल निवासबाट केहि टाढा पुगेर राष्ट्रपति भण्डारीले चालिन यस्तो कदम

    442
    SHARES


    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा काठमाडौँको गुहेश्वरी र कमलपोखरी पुगेर सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरेकी छन् ।

    छठ पूजा समारोहमा सरिक भएकी राष्ट्रपति भण्डारीले छठीमाईको दर्शन गरिन्। छठ पर्वका अवसरमा राष्ट्रप्रमुखबाट गुहेश्वरी र कमलपोखरी पुगेर पूजाअर्चना हुने गरेको छ । छठ पर्वका लागि गुहेश्वरी, कमलपोखरी लगाएतका स्थान झकिझकाउ पारिएको छ ।

    यस्तै छठ पर्वको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले काठमाडौँको कुपण्डोलस्थीत बागमती किनारमा पुगी छठी माइको दर्शन गरेका छन् ।

    बुधबार अपरान्ह प्रधानमन्त्री देउवा बागमती किनारमा पुगेर सार्वसाधारणका साथ नै छठी माइको दर्शन गरे । सो क्रममा प्रधानमन्त्री देउवाले छठ पर्वका अवसरमा शुभकामना दिए । उनले छठ पर्व सबै नेपालीमा सुख शान्तिको कामना गरे ।

    त्यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, ऊर्जा मन्त्री पम्फा भुसाललगायत पनि कुपण्डोलस्थित बागमती किनारमा पुगेर छठी माइको दर्शन गरेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ