• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    ट्याङ्करले बसलाई ठक्कर दिँदा १२ जना जिउँदै ज’ले

    697
    SHARES


    काठमाडौँ । बाडमेरस्थित बाडमेर–जोधपुर हाइवेमा बुधबार ठूलो दु’र्घटना भएको छ । यहाँ, बस र ट्याङ्कर ठोक्किँदा ट्याङ्कर र बसमा आगो लाग्यो, जसकारण १२ जना जिउँदै जले ।

    हाइवेमा गलत दिशाबाट आएको ट्याङ्करले बसलाई ठ’क्कर दिएको हो । घटनामा अन्य धेरै मानिसहरु घाइते छन् । उनीहरुको उपचार भइरहेको छ ।

    भारतीय सञ्चारमाध्यम अमर उजालाका अनुसार बसमा २५ जना सवार थिए । ट्याङ्करसँग ठो’क्किने बित्तिकै बसमा आगो लागेको थियो । केही व्यक्तिहरु बसको सिसा तोडेर बाहिर निस्कन सफल भए ।

    दुर्घटनालगत्तै घटनास्थल पुगेको प्रहरी १० जना मानिसहरुलाई बाहिर निकालेको थियो । यो बस बिहान झन्डै १० बजे बालोतराबाट हिँडेको यात्रुहरुले बताए । हाइवेमा गलत दिशाबाट आइरहेको ट्याङ्करले बसलाई ठक्कर दियो । बस जलेर नस्ट भएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया