• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार ११ वर्षका लागि जेल जाने पक्का, लगाइयो यस्तो अभियोग

    454
    SHARES


    बाङ्गलादेशका पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई राजधानी ढाकास्थित एक विशेष अदालतले एघार वर्षको जेल सजाय सुनाएको छ।ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगहरूमा उनलाई क्रमशः चार र सात वर्षको सजाय सुनाइएको हो।

    उनले यी दुई मुद्दाको छुट्टाछुट्टै सजाय भोग्नु पर्नेछ। ढाकाको विशेष अदालतका एक न्यायाधीश शेख नजमुल आलमले उक्त फैसला सुनाएका थिए।

    पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हा र अन्य सात जनालाई नक्कली कागजात प्रयोग गरेर पहिले फार्मर्स ब्याङ्क भनिने हाल पद्मा नाम रहेको ब्याङ्कबाट चार करोड टाका रकम हिनामिना गर्न संलग्न रहेको ठहर गरिएको छ।

    उक्त रकम सिन्हाको बैङ्क खातामा जम्मा गरिएको र अवैध रूपमा विदेश पठाइएको थियो। पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हासहित ११ जना अभियुक्तमध्ये ८ जनालाई फरक-फरक सजाय सुनाइएको छ। बाँकी दुई आरोपीलाई भने रिहा गरिएको छ।

    यसअघि ज्यानुअरी ५, २०२० मा ढाकास्थित एक अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सन् २०१६ मा एसके सिन्हाले सरकारसँगको कडा मतभेतका माझ छुट्टीमा विदेश गएर त्यतैबाट राजीनामा पठाएका थिए।

    पहिले संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने उनी पछि क्यानडा सरेका बताइएको छ। विदेशमा रहँदा उनले आफ्नो जीवन र काममा आधारित ‘अ ब्रोकन ड्रीम’ नामक पुस्तक लेखेका थिए र उक्त पुस्तकले निकै विवाद निम्त्याएको थियो।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ