• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बार अध्यक्षको कार्यकक्षमै घट्यो फेरि यस्तो घटना, ३ जना पक्राउ

    1K
    SHARES


    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसन आन्दोलनमा छन्। बारले मंगलबार पनि आन्दोलन जारी राखेको छ। सोही क्रममा मंगलबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ परेका छन् ।

    बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तारा बरालसहित तीन जना महिलालाई बार कार्यालयको गेटअगाडिबाटै प्रहरीले पक्राउ गरेको हो। मुलुकको न्याय प्रणाली जोगाउनका लागि भन्दै उनीहरू तालाबन्दी गर्न पुगेका हुन् ।

    बन्दीप्रत्यक्षीकरणका रिट सुनुवाइका लागि मात्र इजलास तोक्दै आएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबारबाट सबै मुद्दाको सुनुवाइका लागि इजलास गठन गरेका छन् ।

    असन्तुष्ट न्यायायधीशसँगको परामर्शमा बन्दीका रिटमा मात्र सुनुवाइका लागि इजलास गठन गर्दै आएका जबराले मंगलबारबाट पूर्वसहमित विपरित सबै मुद्दाका लागि इजलास गठन गरेका छन् ।

    सबै मुद्दामा इजलास गठन गरेको भन्दै जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरूले भने मुद्दा सुनुवाइमा सहभागी नहुने बताएका छन् ।आफ्नो इजलासमा सातवटा विवाद सुनुवाइका लागि तय गरेका जबराले १० वटा इजलास गठन गर्दै २९८ मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् ।

    नेपाल बार एसोसिएसनले जबरावारे गम्भीर कदम चाल्न आग्रह गरेको भोलिपल्टै उनले मुद्दा सुनुवाइलाई लयमा फर्काउन खोजेको सन्देश दिएका छन् ।तर, जबराको यो कदमविरुद्ध नेपाल बार र सर्वोच्चका न्यायाधीशहरूले भने आन्दोलन जारी राख्ने बताएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया