• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल मनोरञ्जन

    अश्लिल भिडियो बनाएर चर्चामा आएकी नायिका पुनम पाण्डे अस्पताल भर्ना, श्रीमान् पक्राउ

    737
    SHARES


    काठमाडाै‌ । अश्लिल भिडियो बनाएर चर्चामा आएकी नायिका पुनम पाण्डेका श्रीमान् स्याम बम्बेलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । स्यामलाई उनकी श्रीमती पुनम पाण्डेले गरेको ऊजुरीको आधारमा पक्राउ गरेको प्रहरीले जानकारी दिएकोछ ।

    पुनमले आफूमाथि कुटपिट गरेको भन्दै स्यामविरुद्ध थानामा ऊजुरी दिएकी छिन् । मुम्बई प्रहरीले दिएको जानकारी अनुसार ऊजुरी दर्ता गरेपछि पुनम पाण्डे अस्पताल भर्ना भएकी छिन् ।

    प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यम एएनआईका अनुसार पुनमको टाउको, आँखा र अनुहारमा गम्भीर चोट लागेको छ । प्रहरीले यो मामिलामा अनुसन्धान गरिरहेको बताएको छ ।

    स्याम बम्बेमाथि पुनमले प्रताडित गरेको आरोप लगाएकी छिन् । अघिल्लो वर्ष सेप्टेम्बरमा पनि विवाहको केही दिनपछि नै पुनमले स्याममाथि शोषण र धम्की दिएको आरोप लगाएकी थिइन् । त्यतिबेला उनीहरु गोवामा थिए, जहाँ गोवा अदालतले स्यामलाई सशर्त जमानत दिएको थियो ।

    पुनमले श्रीमानको यस्तो व्यवहारपछि विवाह तोड्ने कुरा गरेकी थिइन् । यद्यपि, पछि पुनम र स्यामबीच कुरा मिल्यो र सबैकुरा ठिक भएको उनीहरुले बताएका थिए ।

    तर पुनमको ऊजुरीपछि उनीहरुबीच ठाकठुक जारी भएको अनुमान गर्न सकिन्छ । स्मरण रहोस् पुनमका श्रीमान् स्याम एक फिल्म निर्माता हुन् । उनले गल बन गई र बेफिक्राजस्ता गीतको निर्देशन पनि गरेका छन् ।

    पुनमलाई भने अश्लिल भिडियो बनाएको आरोपमा केहि समय अघि प्रहरीले पक्राउ समेत गरेको थियो ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ