• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    न्युजिल्याण्डमा इच्छा मृत्युको कानुन लागू

    400
    SHARES


    काठमाडौँ । न्युजिल्याण्डमा आइतबार बिहानदेखि इच्छा मृ’त्युलाई कानुनी आधार प्राप्त भएको छ । योसँगै न्युजिल्याण्ड ती सीमित देशहरूको सूचीमा परेको छ जहाँ इच्छा मृ’त्युलाई कानुनी मान्यता दिइएको छ ।

    यस सूचीमा स्वीटजरल्याण्ड, नेदरल्याण्ड, स्पेन, बेल्जियम, लग्जमबर्ग, क्यानडा, अस्ट्रेलिया र कोलम्बिया सामेल छन् । यी देशहरूमा मृ’त्युका लागि सहयोग गर्नका लागि फरक–फरक नियम र सर्तहरू बनाइएको छ ।

    न्युजिल्याण्डमा यस कानुन अन्तरगत मृत्यु रोज्नका लागि कुनै पनि व्यक्ति गम्भीर रोग (टर्मिनल इलनेस) अर्थात् आगामी ६ महिनामा मानिसको मृत्यु हुनसक्ने अवस्थामा रहेको हुन जरुरी छ । यस प्रक्रियाका लागि कम्तीमा दुई डाक्टरको सहमति आवश्यक गरिएको छ ।

    हालै इच्छा मृत्युको मुद्दामा गरिएको जनमत सङ्ग्रहमा ६५ प्रतिशतभन्दा बढी भोट यसको पक्षमा परेको थियो । न्युजिल्याण्डमा लामो समयदेखि यस मुद्दामा बहस जारी रहेको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ