• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    दर्शक मरिरहे, कन्सर्ट चलिरह्यो

    468
    SHARES


    टेक्ससमा आयोजित एस्ट्रोवर्ल्ड म्युजिक फेस्टिभलमा र्‍यापर ट्राभिस स्कटको शुक्रबार रातिको प्रस्तुति त्रासदीमा समाप्त भएको छ । दर्शकहरू स्टेजतर्फ ठेलमठेल गर्न थालेपछि कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ३ सयभन्दा बढी घाइते भएका छन् ।

    मारिनेमा १४ देखि २७ वर्ष उमेर समूहका रहेका छन् । करिब ५० हजार दर्शक एनआरजी पार्कमा आयोजित कन्सर्टमा सहभागी हुन पुगेका थिए ।

    स्कटले सन् २०१८ मा ‘एस्ट्रोवर्ल्ड’ नामक एल्बम रिलिज गरेका थिए । र, उनले सोही नाममा सङ्गीत महोत्सवको सुरुवात गरेका हुन् । हाउस्टनका अग्नि नियन्त्रण विभागका प्रमुख साम पेनाका अनुसार ठेलमठेलले मानिसहरु आत्तिएका थिए ।

    जसले दर्शकबीच झगडाको सुरुवात गरेको थियो केही बेहोस बनेका थिए । एस्ट्रोवर्ल्डका आयोजकहरूले कन्सर्टमा स्वास्थ्यकर्मीहरूको टोली पनि राखेको थियो तर उनीहरू निरीह बनेका थिए ।

    केही मानिसहरूले सहयोगका लागि अपिल गरिरहँदा अन्य भने पीडितको उद्धार गर्न पुगेका एम्बुलेन्समाथि चढेर नाचिरहे । उता, चर्को स्वरमा सङ्गीत बजिरह्यो ।

    दर्शकहरूको एक समूहले गीत रोक्न आग्रह गरे पनि र्‍यापर स्टेजमा गीत गाइरहेका थिए । हाउस्टन प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

    न्युजिल्याण्डमा आइतबार बिहानदेखि इच्छा मृ’त्युलाई कानुनी आधार प्राप्त भएको छ । योसँगै न्युजिल्याण्ड ती सीमित देशहरूको सूचीमा परेको छ जहाँ इच्छा मृ’त्युलाई कानुनी मान्यता दिइएको छ ।

    यस सूचीमा स्वीटजरल्याण्ड, नेदरल्याण्ड, स्पेन, बेल्जियम, लग्जमबर्ग, क्यानडा, अस्ट्रेलिया र कोलम्बिया सामेल छन् । यी देशहरूमा मृ’त्युका लागि सहयोग गर्नका लागि फरक–फरक नियम र सर्तहरू बनाइएको छ ।

    न्युजिल्याण्डमा यस कानुन अन्तरगत मृत्यु रोज्नका लागि कुनै पनि व्यक्ति गम्भीर रोग (टर्मिनल इलनेस) अर्थात् आगामी ६ महिनामा मानिसको मृत्यु हुनसक्ने अवस्थामा रहेको हुन जरुरी छ । यस प्रक्रियाका लागि कम्तीमा दुई डाक्टरको सहमति आवश्यक गरिएको छ ।

    हालै इच्छा मृत्युको मुद्दामा गरिएको जनमत सङ्ग्रहमा ६५ प्रतिशतभन्दा बढी भोट यसको पक्षमा परेको थियो । न्युजिल्याण्डमा लामो समयदेखि यस मुद्दामा बहस जारी रहेको थियो ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ