• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized समाचार

    निर्मला ह’त्या प्रकरणमा संलग्न २ महिलासहित ६ जना पक्राउ, को हुन् उनीहरु ? हेर्नुहोस नामलिस्टसहित

    1.5K
    SHARES


    नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका-१७ परसपुरकी निर्मला कुर्मीलाई बेपत्ता पारी करोडौं मूल्यको जग्गा हडपेको आरोपमा बाँके प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

    नेपालगञ्जकी कुर्मी र नन्कुनी धोबीको ह’त्याको विषयमा प्रहरीले अनुसन्धान नगरेको भन्दै अधिकारकर्मी रुबी खानको नेतृत्वमा पैदलै हिडेर काठमाडौँ पुगेको थियो ।

    निर्मलाको अपहरण गरी सम्पत्ति हडपेर ह’त्या गरेको आरोपमा रमेश थापा, पार्वती बिष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ६ जनालाई पक्राउ गरिएको बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

    प्रहरी नियन्त्रणमा रहेका ६ जनामाथि सात दिनको म्याद थप गरिएको उनले बताए । सोही प्रकरणमा आरोपित कुँवर बब्बन सिंह ८० वर्षे भएकाले अदालतले उमेर हदम्यादका कारण साधारण तारेखमा छोडेको छ ।

    सो घटनामा मुछिएका अभियुक्तमध्ये संविधानसभा सदस्य बादशाह कुर्मी आफै गत भदौमा जिल्ला प्रहरी कार्यालयमा आएकोले उनलाई हाजिरी जमानतमा छाडिएको थियो । उनी नेपाली कांग्रेसका नेतासमेत हुन् ।

    बाँके प्रहरीले निर्मला कुर्मीको भारतमा विवाह भएको र उनको विवाह दर्ता र मृत्यु दर्ता प्रमाणपत्रमाथि समेत अनुसन्धान गरिरहेको जनाएको छ । बाँकेकी कुर्मी र धोबी घटनामा छानबिन समितिले सरकार समक्ष प्रतिवेदन बुझाएपछि आरोपितलाई प्रहरीले लामो समयपछि पक्राउ गरेको हो ।

    परस्पुरकी बेपत्ता निर्मलाको साढे ४ बिघा घरजग्गा भूमाफियाले कीर्ते कागज, जालझेल गरी नामसारी गरेको तथ्य भेटिएपछि प्रतिवेदनमा दोषी पक्राउ गर्न सुझाव दिइएको थियो ।

    यस्तै प्रहरीले बाराबाट अवैध लागु औषध गाजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका-१६ बस्ने २१ वर्षीय चाँद किशोर राम र ३२ वर्षीय प्रभु राम रहेका छन् ।

    कात्तिक २१ गते राति ९ बजे प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई १ किलो ९ सय ग्राम गाजासहित पक्राउ गरेको थियो ।

    कलैया-मटिअर्वा सडक खण्ड अन्तर्गत कलैया-१२ शीतलपुरमा कलैयाबाट मटिअर्वातर्फ शंकास्पद अवस्थामा जाँदै गरेको बा.२५ प ११९५ नम्बरको मोटरसाईकल रोकी प्रहरीले चेकजाँच गरेको थियो। चाँद किशोरले मोटरसाईकल चलाएका थिए भने प्रभु पछाडी बसेका थिए ।

    मोटरसाईकलको बीचमा प्लाष्टिक झोलामा लुकाएर ल्याउँदै गरेको १ किलो ९ सय ग्राम अवैध लागू औषध गाजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

    पक्राउ परकेा उनीहरुविरुद्ध लागू औषध मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया