• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    अर्को पार्टी पनि फुट्यो, निर्वाचन आयोगलाई आपत

    756
    SHARES


    काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएको अर्को पार्टी पनि फुटेको छ । रविन्द्र मिश्र र मिलन पाण्डे संयोजक भएको विवेकशील साझा पार्टी फूटेको हो । यसको वैधता अध्यक्ष रवीन्द्र मिश्रले पाएका छन् ।

    मिश्रको नेतृत्वमा बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्नुका साथै केन्द्रीय समिति १२४ सदस्यीय कायम गरेको थियो ।त्यसअनुसार विवरण अध्यावधिक गर्न पठाएको पत्रलाई आयोगले स्वीकार गरेको छ ।

    विवेकशील साझा पार्टीको संशोधित विधानमा संयोजक मिलन पाण्डेको अधिकार खोसिएको छ भने संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको पक्षमा उभिएको छ ।

    विवेकशील र साझा पार्टीबीच एकता गर्दा बनेको विधानमा केन्द्रीय समितिको बैठक अध्यक्ष मिश्र र संयोजक पाण्डेको सहमतिमा मात्र बस्ने उल्लेख थियो । संशोधित विधानमा बैठक बोलाउने अधिकार अध्यक्षलाई मात्र दिइएको छ ।

    राजीनामा दिएका ५ जना मृत्यु भएका एक जनालाई हटाएर केन्द्रीय समिति सदस्य १२४ सदस्यीय बनाइएको छ । आयोगले त्यसलाई पनि स्वीकार गरेको छ ।

    अब विवेकशील साझा पार्टीमा मिश्र पक्ष आधिकारिक भएको छ । अध्यक्ष मिश्रले फरक मत राख्ने नेताहरुलाई विमति भएपनि केन्द्रीय समितिको बहुमतको निर्णयलाई सम्मान गर्न विनम्र आग्रह गरेका छन् ।

    फरक मत राख्दै आएका संयोजक पाण्डेले भने आयोगले यस्तो निर्णय गर्न नसक्ने बताए । उनले भने, ‘यदि गरेको हो भने हामी त्यसविरुद्ध कानुनी उपचार खोज्छौं ।’

    ओली–नेपाल पार्टी सम्बन्ध : छुट्टिएको वर्षको रिस
    एउटा लोकोक्ति छ– मरेको वर्षको शोक, छुट्टिएको वर्षको रिस । गत २ भदौसम्म एउटै दलमा रहेका केपी शर्मा ओली र माधव नेपाल यतिवेला बेग्लाबेग्लै पार्टीको नेतृत्वमा छन् ।

    नेकपा एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेका नेता नेपाल यतिबेला संगठन बिस्तार अभियानमा छन् भने एमाले अध्यक्ष ओली महाधिवेशनको चटारोमा । अभियान र चटारोका बीचमा यी दुई नेता जब भाषणका लागि मञ्चमा पुग्छन्, एकअर्काविरुद्ध अभियोग र गालीमै आधा भाषण सकाउँछन् ।

    पार्टी फुटेपछि भदौयताका हरेक भाषणमा एकले अर्कालाई गद्दार घोषणा गर्नेदेखि लिएर कम्युनिष्ट नामको कलंकसम्म भन्न भ्याएका छन् । तर, पछिल्ला दिन भने यि दुई नेताको व्यक्तिकेन्द्रीत झगडा एकअर्कालाई बहिष्कार गर्ने अभियानसम्ममा पुगेको छ ।

    बहिष्कार अभियानको फायर भने एमाले प्रचार विभाग प्रमुखसमेत रहेका सचिव योगेश भट्टराईले खोले । १७ कात्तिकमा काठमाडौँमा महाधिवेशन प्रचार अभियानबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले नेकपा (एस) लाई ठेगाना नभएको र अवैध गर्भधारणबाट जन्मिएको पार्टी भन्दै महाधिवेशन उद्घाटनमा नबोलाउने घोषणा गरे।

    विभाजनअघिसम्म नेपाल खेमामा खुलेका भट्टराईको यो अभिव्यक्तिले एमाले र नेकपा (एस) को राजनीतिक वृत्तमा सनसनी मच्चायो । यो भाषणअघिसम्म एकले अर्कालाई बहिष्कार गर्ने विषयमा नसोचेका पार्टीहरू त्यसयता खुलेआम एकअर्कालाई बहिष्कार गर्ने बताइरहेका छन् ।

    नेकपा (एस) ले अलिखित निर्णय ने गर्‍यो– ओली सहभागी हुने सबै कार्यक्रम बहिष्कार गर्ने । यही नीतिअनुसार नेकपा एमाले मोरङ जिल्ला कमिटीले आयोजना गरेको चियापान कार्यक्रमलाई नेकपा (एस) ले बहिष्कार नै गर्ने घोषणा गरेको छ ।

    सो पार्टीका जिल्ला प्रवक्ता ओसिम आलमका अनुसार ओली सहभागी भएका कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णयअनुसार चियापान बहिष्कार गरिएको हो । गत १३ कात्तिकमा नेकपा (एस) मोरङले चाडपर्वको अवसरमा आयोजना गरेको चियापानलाई एमालेले समेत बहिष्कार गरेको थियो ।

    एमाले प्रचार विभाग प्रमुख भट्टराई भने नेकपा (एस) का कार्यक्रममा नजाने निर्णय भने नभएको बताउँछन् । उता नेकपा (एस) का प्रवक्ता जगन्नाथ खतिवडा पनि पार्टीले घोषित निर्णय नगरे पनि स्थानीय कमिटीहरूले ओलीलाई बहिष्कार गर्ने रणनीतिमा भने रहेको बताउँछन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ