• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    रोचक-विचित्र

    प्रहरीको घरमा चोरी गर्न पसेका चोर घरधनीकी छोरीको कोठामा गएर…….

    1.2K
    SHARES


    काठमाडौं। कहिलेकाहीँ चोरीका विभिन्न अनौठा घटनाहरु भेटिन्छन्। चोरहरुका विभिन्न अनौठा हर्कतहरु सार्वजनिक हुन्छन्। यस्ता घटनाले अन्तर्राष्ट्रिय स्तरमै चर्चा पाउँछन् ।

    यस्तै विचित्र घटना पछिल्लो पटक थाइल्याण्डमा भएको छ । यहाँ एक चोर चोरी गर्नको लागि एउटा घरमा छिरे । तर, घरमा एसी चलिरहेको पाएपछि आनन्दले सुत्नको लागि लोभिए र त्यहीँ सुते ।

    यो कोठा घरधनीकी छोरीको थियो । टि न्यूज सुरिनका अनुसार घटना थाइल्याण्डको सेन्ट्रल प्रान्तको हो । यहाँ २२ वर्षका एक युवक रातको २ बजे चोरी गर्ने नियतले घरमा पसे ।

    तर, उनलाई निद्रा लागेपछि उनले घरको एसी अन गरे र त्यहीँ भएको बेडमा सुते । बिहान जब घरमालिक उठे उनी चकित परे । कोठामा एसी चलिरहेको थियो र त्यहाँ बेडमा एक व्यक्ति सुतिरहेका थिए ।

    यो कोठा उनकी छोरीको थियो र त्यस दिन उनकी छोरी घरमा थिइनन् त्यसैले त्यो कोठा खाली थियो । मालिकले झ्यालबाट हेर्दा छोरीको कोठामा अर्कै व्यक्ति सुतिरहेको देखेपछि पुलिसलाई बोलाए । जब ती चोरलाई उठाइयो उनी आँखा मिच्दै उठे र यस्तो अभिनय गरे मानौं उनलाई केही थाहै छैन ।

    रोचक कुरा त के भने जुन घरमा चोर समाथिए त्यो घर पनि पुलिसकर्मीकै थियो । रिपोर्टका अनुसार यी चोरले त्यो घरबाट केही मूल्यवान सामान चोरी गरेका थिए ।

    तर, यही क्रममा निद्रा लागेपछि चोर सुतेका थिए । उनको निद्राले उनलाई समस्यामा पार्यो र उनी पक्राउ परे । पुलिसले अहिले सोधपुछ गरिरहेको छ ।

    झुक्किएर मानिसहरुले श्रीमान्–श्रीमतीलाई आमा–छोरी भनेपछि….
    समलिंगी जोडीहरूलाई देखेर धेरैपटक मानिसहरु छक पर्ने गरेका छन् । तर कसैले श्रीमान्–श्रीमतीलाई नै आमाछोरीजस्तो सोच्छ भने त्योभन्दा अनौठो के होला ।

    यस्तै, भएको छ एक समलिंगी जोडीका सवालमा । व्हिटनी र मेगन बेकनको जोडीलाई मानिसहरु आमा–छोरीजस्तै ठान्छन् । विवाहको दिन पनि मानिसहरुले उनीहरुलाई आमा–छोरी ठानेका थिए ।

    बेलायतको वर्कशायरस्थित विन्डसरमा बस्ने यो लेस्बियन जोडी सामाजिक सञ्जालमा पनि निकै चर्चित छ । उनीहरुको टिकटकमा ९० हजारभन्दा धेरै फलोअर्स छन् ।

    आफुलाई आमा–छोरी भनिदिँदा कस्तो महसुस हुन्छ भन्ने अनुभव समेटेर पनि उनीहरुले भिडियो पोस्ट गर्ने गरेका छन् र यस्ता पोस्टमा अहिलेसम्म १८ लाखभन्दा धेरै लाइक्स आइसकेको छ ।

    मिरर युकेको रिपोर्टअनुसार यस दम्पतीले २०१७ मा क्यालिफोर्नियामा विवाह गरेको थियो । मेगनका अनुसार यतिबेला विवाहका लागि कपडा खरिद गर्दा पनि मानिसहरुले उनीहरुलाई आमा–छोरी ठानेका थिए । र, वास्तविक बुझेपछि ती मानिसहरुले माफी पनि मागे ।

    व्हिटनीको उमेर ३३ वर्ष र मेगनको उमेर ३४ वर्ष भयो । मेगन बेकन पति र व्हिटनी पत्नी हुन् । तर, मेगन वास्तविक उमेरभन्दा केही पाको देखिन्छन् । त्यहीकारण मानिसहरुले उनलाई आमा ठान्ने गरेका छन् । यसबारे मेगनले भनेकी छिन्, ‘जब मानिसहरुले हामीलाई आमा–छोरी भन्छन् ।

    तब मलाई निकै दुःख लाग्छ । किनकी, म आफ्नी पत्नीकी आमा बराबरको बुढो देखिन चाहन्न ।’ यद्यपि, टिकटक फलोअर्सले भने उनीहरुलाई चिनिसकेका छन् । उनीहरुले यो सुन्दर जोडीको जमेर तारिफ गर्ने गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया