• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    प्रहरी क्याम्पभित्रै गो’ली हानाहान, ४ जवानको मृत्यु, थप बिबरणसित

    788
    SHARES


    काठमाडौँ । आइतबार राति केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) का एक जवानले आफ्ना साथीहरूमाथि एके–४७ ले फायरिङ गरेका छन् । घटनामा चार जना जवानको मृत्यु भएको छ भने ३ जना घाइते रहेका छन् । यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

    गम्भीर घाइतेहरूलाई हेलिकप्टरको माध्यमबाट रायपुर लगिएको छ । घटनापछि आरोपित जवानलाई हिरासतमा राखिएको छ । हालसम्म उनले किन गो’ली चलाए भन्ने खुल्न सकेको छैन ।

    जानकारी अनुसार यो घटना कोटा विकासखण्डको ग्राम लिंगनपल्लीस्थित २१७ बटालियन क्याम्पमा भएको थियो । बिहान ३ बजेर १५ मिनेट जाँदा रितेश रञ्जन नाम गरेका जवानले साथीहरूमाथि फायरिङ गरेका थिए । गोली लागेर दुई जना जवानको घटनास्थलमै मृत्यु भएको थियो ।

    यो क्याम्पमा ८५ औँ बटालियन जवानको पनि क्याम्प रहेको छ । राति गोली चलेपछि क्याम्पमा भागदौड मच्चिएको थियो । अन्य जवान दौडेर घटनास्थलमा पुगेपछि अफिसरहरूलाई जानकारी दिइएको थियो ।

    त्यसपछि घटनामा घाइते भएका पाँचजना जवानलाई ११ किलोमिटर टाढा रहेको तेलंगानास्थित भद्राचलम अस्पताल लगियो । उपचारका क्रममा थप दुई जनाको मृत्यु भयो । घाइतेमध्ये दुई जना गम्भीर रहेकाले उनलाई रायपुर रेफर गरियो ।

    बदलाको भावना वा मानसिक सन्तुलन बिग्रेको कारणले यो घटना भएको हुनसक्ने अनुमान गरिएको छ । एक दिनअघि मात्र आरोपितको उनको साथीहरूसँग विवाद भएको थियो । उनी केही दिनदेखि तनावमा रहेको पनि बताइएको छ ।

    यस्तै यता इराकी प्रधानमन्त्री मुस्तफा अल काधिमीले आइतबार आफ्नो आधिकारिक निवासलाई लक्षित गरी ड्रोनद्वारा गरिएको ह’त्या प्रयासको आलोचना गर्दै देशको भविष्यका लागि सबै इराकीहरूबीच शान्ति वार्ताका निम्ति आह्वान गरेका छन् ।

    अल–काधिमीले आफ्नो आधिकारिक ट्विटर पेजमा पोस्ट गरिएको भिडियोमा आफू र आफ्नो निवासमा रहेका अन्य कामदारहरू सुरक्षित रहेको पुष्टि गर्दै ‘कायरतापूर्ण क्षेप्यास्त्र र कायर ड्रोनले मातृभूमि वा भविष्य (देशको लागि) निर्माण गर्दैन भन्दै राज्य र यसका संस्थाहरूलाई सम्मान गरेर मात्र सबै इराकीहरूको लागि राम्रो भविष्य सृजना गर्न सकिने बताउँदै सबल र सुन्दर मातृभूमि निर्माण गर्न सबै पक्षसँग आग्रह गरेका छन् ।

    ‘म सबै पक्षहरुलाई इराक र यसको भविष्य निर्माण गर्न शान्ति वार्ताको सहारा लिन आह्वान गर्दछु’ अल–काधिमीले आफ्नो भाषणमा उल्लेख गरेका छन् । बिहानको समयमा अल काधिमी इराकी सरकार र विदेशी दूतावासका केही मुख्य कार्यालयहरू रहेको बलियो सुरक्षायुक्त ग्रीन जोन स्थित उनको निवासमा बुबी ट्रप ड्रोनद्वारा आक्रमण गरिएको थियो ।

    गत महिनाको चुनावी नतिजालाई अस्वीकार गर्ने राजनीतिक दलका अनुयायीहरूले गरेको विरोधको बीचमा हत्याको प्रयास भएको हो। शुक्रबार प्रदर्शनले ग्रीन जोनको प्रवेशद्वारमा सुरक्षाकर्मीहरूसँग झडपको उग्र रूप लिएको थियो, जसमा दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।

    गत अक्टोबर १० मा भएको संसदीय चुनावको मत परिणामबाट असन्तुष्ट राजनीतिक दलहरूले चुनावमा धाँधली भएको र ‘बनावटी परिणाम’ स्वीकार नगर्ने भन्दै विरोध गर्दै आएका छन् ।

    इराकी स्वतन्त्र उच्च निर्वाचन आयोगले राजनीतिक दलहरूद्वारा पेश गरिएका अपील र गुनासोहरूलाई विचार गरिरहेको बेला राजधानी बगदादलगायत इराकी शहरहरूमा चुनावी परिणामहरूलाई अस्वीकार गर्ने राजनीतिक दलहरूका अनुयायीहरु सडकमा आन्दोलित छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ