• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    स्वास्थ्यमा अचानक यस्तो समस्या आएपछि कांग्रेस सभापति सुटुक्क अस्पताल भर्ना

    518
    SHARES


    काठमाडौं । जुवा खालबाट पक्राउ परेका नेपाली कांग्रेस, दोलखाका सभापति बर्मा लामा सुटुक्क अस्पताल लगिएका छन् ।

    बिहीबार मध्यराति पक्राउ परेका उनलाई शुक्रबारै अस्पताल भर्ना गरिएको हो । काठमाडौं प्रहरी परिसर, टेकु स्रोतका अनुसार उनलाई अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा भर्ना गरिएको छ ।

    स्रोतका अनुसार कांग्रेस नेताहरुको दबाब परेपछि प्रहरीले उनलाई अस्पताल लैजाने व्यवस्था मिलाएको थियो । अस्पतालमा उनलाई उच्च रक्तचापको समस्या भएको भनिएको छ ।

    तिहारको सरकारी विदा सोमबार सकिएलगत्तै उनीसहित १८ जनाविरुद्धको जुवासम्बन्धी मुद्दा सरकारी वकिलको कार्यालयमा बुझाउने प्रहरीको तयारी छ ।

    लामा दशैंअघि भएको जिल्ला अधिवेशनबाट दोलखा जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । उनी पक्राउ परेको खालबाट प्रहरीले ६ लाख रुपैयाँ बरामद गरेको थियो । जुवा खेलाउने सागर लामा अझै फरार छन् ।

    विभिन्न मुद्दामा पक्राउ पर्ने पहुँचवालाहरुले हिरासतमा बस्नुभन्दा बिरामी भएको भनी अस्पताल बस्ने गरेका छन् ।  लामालाई नेकपा एमालेका नेता पार्वत गुरुङले भेटेका छन्।

    पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका एमाले नेता गुरुङ उनलाई भेट्न शनिबार अस्पताल पुगेका हुन्।

    त्यस क्रममा गुरुङले लामालाई स्वास्थ्य लाभको कामना गर्दै सान्त्वना दिएका छन्। पूर्वमन्त्री गुरुङका साथमा कांग्रेस नेता लामा भेट्न भीमेश्वर नगरपालिकाका मेयर भरत केसीलगायत पनि गएका थिए।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया