• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    प्रधानमन्त्री निवासमै ड्रोन आक्रमण, प्रधानमन्त्री कादिमी सुरक्षित

    1K
    SHARES


    काठमाडौँ। इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला भएको छ । प्रधानमन्त्री मुस्तफा अल–कादिमी भने ड्रोन हमलाबाट बच्न सफल भएका छन् ।

    राजधानी बग्दादको ग्रीनजोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको ड्रोनबाट हमला गरिएको सीएनएनले जनाएको छ । प्रधानमन्त्री कादिमीको ह त्या गर्ने उद्देश्यले आ क्रमण गराइएको इराकी अधिकारीहरूले बताएका छन् ।

    ड्रोन आ क्रमणबाट इराकी प्रधानमन्त्री घाइते भएको र उनलाई अस्पताल लगिएको भनिए पनि प्रधानमन्त्री कादिमी आफैले सामाजिक सञ्जालबाट आफू सुरक्षित रहेको जानकारी दिएका हुन ।

    उनले इराक र इराकी जनताको हितका लागि शान्त र धैर्य बन्न पनि आग्रह गरेका छन् । थुप्रै सरकारी कार्यालयहरू र विदेशी दूतावासहरू समेत रहेको भीआपी क्षेत्रमा गराइएको हमलाको जिम्मेवारी भने कसैले पनि लिएको छैन ।

    पछिल्ला दिनहरूमा इरानी सत्तासँग सम्बन्धित केही हतियारधारी समूहहरूले गत महिना इराकमा सम्पन्न निर्वाचनको परिणामलाई लिएर ग्रीनजोन नजिकै विरोध प्रदर्शन गर्दै आईरहेका छन् ।

    अमेरिकाले घटनाको भर्त्सना गर्दै अनुसन्धानमा सहयोग गर्ने प्रस्ताव गरेको छ। प्रधानमन्त्री अल-खादिमी गुप्तचर निकायका पूर्वप्रमुख हुन्। उनले गत वर्षको मे महिनामा प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए।

    केही सातायता इरानप्रति सहानुभूति राख्ने राजनीतिक समूहहरूले ग्रीन जोननजिकै प्रदर्शन गरिरहेका थिए। गत महिना भएको निर्वाचनको परिणाममा अनियमितताको आरोप लगाउँदै उनीहरूले प्रदर्शन गर्ने गरेका छन्।

    यसै साता सुरक्षाकर्मीहरूसँग भएको हिंसात्मक झडपका क्रममा १०० जनाभन्दा बढी मानिसहरू घाइते भएका थिए। उता सियरा लियोनको राजधानी फ्रीटाउनमा एउटा इन्धन बोकेको ट्यांकर अर्को लरीसँग ठोक्किएपछि भएको बिस्फोटमा कम्तीमा ९४ जनाको मृत्यु भएको छ।

    बिस्फोटमा दर्जनौं मानिस घाइते भएका छन् । लरीसँग ठोकिएपछि टयांकरको इन्धन पोखिएको थियो। त्यसपछि लागेको आगोले वरपरका मानिस र सवारी साधनमा सल्किएको थियो।

    ट्याकरनजिक मानिसहरुका डढेका शव छरपस्ट देखिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । ट्यांकर ठोकिएपछि भएको आगोलागीबाट ठूलो मानवीय क्षति भएकोप्रति राष्ट्रपति जुलियस मादा बायोले गहिरो दुःख व्यक्त गरेका छन् ।

    दुर्घटनापछि जलेर १०० भन्दा बढी मानिसको ज्यान गएको फ्रीटाउनका मेयर वाइभोन सवेरले बताएका छन् । फ्रीटाउन वरिपरिका स्वास्थ्यकेन्द्रमा १०० जनाको उपचार भइरहेको बताइएको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया