• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    उडेको केहि मिनेटमै विमान दुर्घटना, चर्चित गायिकासहित आधा दर्जनको मृत्यु

    863
    SHARES


    एजेन्सी ।  ब्राजिलकी लोकप्रिय गायिका मारिलिया मेण्डोंकाको शुक्रबार एक विमान दुर्घटनामा निधन भएको छ । ‘द क्वीन अफ सफरिङ’ नामले परिचित ‘ल्याटिन ग्रामी’ विजेता मारिलिया केवल २६ वर्षको थिइन् ।

    कन्ट्री म्यूजिकको लोकप्रिय युवा स्टारमध्ये एक मारिलिया ब्राजिलमा नै हुने एक सांगीतिक कार्यक्रममा सहभागिता जनाउन गएकी थिइन् । उनको विमान ब्राजिलको गोइयानिया शहरबाट कैरेटिंगा जाँदै थियो ।

    दु’र्घटनामा गायिकाका अलावा अन्य चार व्यक्तिको पनि निधन भएको छ । जसमा उनको एक काका पनि थिए । विमानमा एक निर्माता र अन्य दुई विमानका क्रु सदस्य थिए । विमान के कारणले दु’र्घटनामा पर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

    मारिलियाले शुक्रबार बेलुका ब्राजिलको कैरेटिंगामा सांगीतिक प्रस्तुति दिने कार्यक्रम थियो । गायिकाले घ’टना हुनुभन्दा केही समय अघि एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । जुन भिडियो अहिले भाइरल भइरहेको छ । भिडियोमा उनी निजी विमानमा बोर्ड गर्ने तयारी गरिरहेकी छन् । उनको फ्यान फलोइङ करोडौं छन् ।

    धनी र सफल बन्न चाहनुहुन्छ भने पछ्याउनुहोस् संसारका यी ६ सफल व्यापारीले सिकेका पाठ
    एलन मस्क, सम्पत्तिः ३०४ अर्ब डलर
    संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्कको मनी मन्त्र हार नमान्ने, कडा मिहिनेत र प्यासनको पछि लाग्नु हो । मस्कको स्पेसमा रकेट पठाउने पहिला दुई प्रयास फेल भएका थिए । उनीसँग बाँकी एउटै मात्रै रकेट लञ्चका लागि पैसा बचेको थियो तर उनले हार मानेनन् र तेस्रो प्रयासमा सफलता हासि गरे ।

    उनले एकपटक भनेका थिए, ‘मानिसहरुले त्यहि गर्नुपर्छ जसमा उनीहरु प्यासोनेट छन् । यसले उनीहरुलाई केही अन्य चिजबाट भन्दा बढी खुसी राख्नेछ र सफलता दिलाउनेछ ।’

    जेफ बेजोस, सम्पत्तिः १९१ अर्ब डलर
    अमेजनका संस्थापक जेफ बेजोसले एउटा ग्यारेजबाट कम्पनीको सुरुवात गरेका थिए । उनको मनी मन्त्र नयाँ विचारहरु हुन् जसबाट उनी कहिल्यै पछि हटेनन् । बेजोसका नयाँ विचारकै नतिजाकाम कारण अमेजन यो स्थानसम्म पुग्न सफल भएका हो । क्लाउड सर्भिसमा पनि उनले त्यतिबेला हात हालेका थिए जब कमै मानिसहरुले यसको एबीसी जान्दथे । उनले एकपटक भनेका थिए, ‘व्यापारी भोलिका लागि तयार हुनुपर्छ । साहसिक कदमले नै जीवनमा तपाईंलाई अघि बढाउन सहयोग गर्छ ।’

    बिल गेट्स, सम्पत्तिः १३७ अर्ब डलर
    बिल गेट्स आफूलाई टेक्नोक्रेट भन्छन् र उनका अनुसार प्रविधिमार्फत् संसारलाई थप उत्कृष्ट बनाउन सकिन्छ । गेट्सका अनुसार जे कुराको पनि सुरुवात जतिसक्दो छिटो गर्नुपर्छ । बिल गेट्स १३ वर्षको हुँदा उनले कम्प्युटर प्रोग्रामिङ सुरु गरेका थिए । सन् १९८६ मा गेट्स अर्बपतिको सूचीमा समावेश भएका थिए । उनले भन्ने गर्छन्, ‘सफलताका लागि अवसरको पहिचान हुनुपर्छ । कुनै पनि काम सानो वा खराब हुँदैनन् भन्ने पनि मान्यता राख्नुपर्छ । ’

    मार्क जुकरबर्ग, सम्पत्तिः ११७ अर्ब डलर
    मार्क जुकरबर्गको मनी मन्त्र उनको जोखिम मोल्ने बानी हो । जुकरबर्गका अनुसार जोखिम नमोल्ने तपाईंको बानीले सफलता रोक्ने काम गर्छ । त्यसैले तीब्र रुपमा अघि बढिरहेको दुनियाँमा जोखिम मोल्न आवश्यक छ । तपाईंले के गर्नुहुन्छ, त्यो कुरामा मानिसले खासै ध्यान दिँदैनन्, तपाईंले के उत्पादन गर्नुहुन्छ, मानिसहरुको त्यसमा चासो हुन्छ । मार्क भन्ने गर्छन्, ‘सबैभन्दा ठूलो जोखिम कुनै जोखिम नै नलिनु हो । तीब्र रुपमा अघि बढिरहेको दुनियाँमा यदि तपाईं जोखिम मोल्नुहुन्नँ भने तपाईं फेल हुनु निश्चित छ।’

    वारेन बफे, सम्पत्तिः १०४ अर्ब डलर
    संसारका दिग्गज लगानीकर्ता वारेन बफेको मनी मन्त्र भ्यालू इन्भेस्टिङ हो । अर्थात्, उनी यस्ता कम्पनीमा लामो समयका लागि लगानी गर्छन् जसको फन्डामेन्टल राम्रो छ र शेयर प्राइस कम । बफे भन्छन्, ‘आखिर म त्यहि शेयर रिटर्न दिन्छु जसको क्वालिटी राम्रो छ । ’ लगानीको आफ्नो यहि शैलीका कारण नै बफे यति सफल छन् ।’ उनी भन्छन्, ‘सधैं लङ्ग टर्म लगानी गर्नुहोस् । राम्रो बिजनेसको भ्यालू समयसँगै बढ्छ र त्यससँगै यसको सेयरको मूल्य पनि ।’

    मुकेश अम्बानी, सम्पत्तिः ९५ अर्ब डलर
    भीडभन्दा अलग सोच राख्नु एक सफल व्यक्तिको परिचय हो । रिलान्स इन्डष्ट्रिका चेयरम्यान मुकेश अम्बानीमा पनि यही खुबी छ । यसै सोचका कारण मुकेश अम्बानीले टेलिकम इन्डष्ट्रिमा कमाल गरेका छन् । उनले भारतमा असाध्यै महँगो इन्टरनेट डाटाको समस्या पहिचान गरे र यसको समाधान निकाल्दै सस्तो मूल्यमा डाटा मानिसमाझ पुर्याए । उनले भन्ने गरेका छन्, ‘समस्याको खोजी गर्न आवश्यक छ । जब समस्याबारे थाहा हुन्छ तब तपाईं त्यसको समाधान निकाल्न सक्नुहुन्छ ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ