• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    टिप्स

    छिटो छिटो पिसाब लाग्छ ? अपनाउनुहोस् यी उपाय

    1.4K
    SHARES


    सामान्यतया धेरै तरल पदार्थ पिउँदा पिसाब बढी लाग्ने गर्दछ । जो सामान्य हो । तर औसत पानी पिउँदा पनि छिटो छिटो पिसाब लाग्छ भने यो अन्य कारणले हुनसक्छ । तसर्थ यस्तो समस्या भएमा यसलाई वेवास्ता गर्नु हुदैँन ।

    औसत रुपमा एक दिनमा ५ देखि ७ पटकसम्म पिसाब आए ठिकै हुन्छ । ७ पटकसम्म पिसाब आउँदा मृर्गौला स्वस्थ भएको मानिन्छ । तर दिनमा कम्तीमा पनि १० भन्दा बढी पटकसम्म पिसाब आयो भने त्यो स्वास्थकालागि खतरा पनि हुन सक्छ ।

    सामान्य पानी पिउँदा पनि पटक पटक वा बढी पटक पिसाब लाग्छ भने, त्यसले शारीरक समस्याको संकेत गर्दछ । त्यस्तो भएमा चिकित्सकको परामर्श लिनु पर्दछ । यसबाट केहि घरेलु उपायमार्फत पनि छुटकारा पाउँन सकिन्छ ।

    घरेलु उपायहरु 

    अनारको बोक्रालाई पिध्ने र त्यसमा ५ ग्राम पानी मिसाएर पिउने । दैनिक यसो गरेमा छिटो छिटो पिसाब लाग्दैन । मेथीको धुलोमा अदुवा, मह र पानी मिसाएर दिनमा २ देखि ४ पटकसम्म पिउँदा पिसाब कम लाग्छ ।

    दहीमा प्रोबायाटिक ब्याक्टेरिया हुने हुनाले दहीको सेवन गर्नाले शरीरमा किटाणु बढ्न दिंदैन । त्यसैले दैनिक रुपमा दही खानाले छिटो छिटो पिसाब लाग्दैन ।

    तिलसँग सक्खर वा ज्वानो मिसाएर खादाँ पनि छिटो छिटो पिसाब लाग्ने समस्या कम हुन्छ । तीन चारवटा तुलसीको पातमा एक चम्चा मह मिसाएर खाली पेटमा खाँदा पनि यसले पिसाब छिटो लाग्ने समस्या हराउँछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया