• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    रामकुमारी झाँक्री अस्पतालबाट त डिस्चार्ज भइन्, तर…

    0.9K
    SHARES


    काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पतालबाट डिस्चार्ज भएकी छिन् । निमोनिया संक्रमण भई एक सातादेखि वीर अस्पतालमा उपचार गराइरहेकी झाँकी बुधबार साँझ डिस्चार्ज भएकी हुन्।

    अस्पतालबाट डिस्चार्ज भएपनि उनले केही दिन भेटघाट नगर्ने सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी छिन्। ‘मलाई संक्रमणको उच्च जोखिम कायम रहेको हुँदा चिकित्सकको सल्लाहअनुसार अझै केही दिन भेटघाट गर्न असमर्थ रहेको कुरा अनुरोध गर्दछु,’ उनले फेसबुकमा लेखेकी छिन्।

    उनलाई शुक्रबार डिस्चार्ज गर्ने भनेपनि बुधबारै डिस्चार्ज गरिएको हो । सामान्य स्वास्थ्यमा समस्या देखिएर वीर अस्पताल भर्ना भएकी झाँक्रीलाई आगामी शुक्रबार मात्र डिस्चार्ज गरिने अस्पतालले जनाएको थियो ।

    तर नेपालीहरुको दोश्रो ठूलो चाँड तिहारलाई मध्यनजर गर्दै परिवारले डिस्चार्ज गर्न आग्रह गरेपछि अस्पतालले भेटघाटहरु बन्द गर्ने सर्तमा डिस्चार्ज गरेको हो ।

    रुघाखोकी, ज्वरो, निमोनिया देखिएपछि उपचारका लागि अस्पताल पुगेकी मन्त्री झाँक्री गत बिहीबार अस्पताल भर्ना भएकी थिइन् । उनलाई चिकित्सकले भेटघाट पूर्णरुपमा बन्द गरेर उपचार गरेका थिए ।

    ‘स्वास्थ्यमा सुधार आएको छ । घरमा जाँदा भेटघाट धेरै हुने, कामको चापले धपेडी पर्ने भएकाले हामीले अस्पतालमै आराम गर्न भनेका थियौँ ।’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘उहाँहरुले घरमै आराम गर्न सहज हुने र भेटघाटलाई बन्द गर्ने बताएपछि डिस्चार्ज गरिएको हो ।’

    बाहिरको इन्फेक्सनले स्वास्थ्यमा थप जटिलता ल्याउने भन्दै बाहिरका भेटघाट तथा टेलिफोन सम्पर्क पनि बन्द गरिएको झाँक्रीको सचिवालयले जनाएको छ ।

    जो हमसे टकराएगा, चुरचुर होजाएगा- माधव नेपाल
    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरुसँग टक्कर लिन खोज्नेहरु समाप्त हुने चेतावनी दिएका छन् । आफूहरुसँग टक्कर लिन खोज्दा कर्णाली प्रदेशमा नेकपा एमाले उठ्नै नसक्ने हालतमा पुगेको पनि उनले बताए ।

    आज भक्तपुरमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले हिन्दी लवजमा भने, ‘जो हमसे टकराएगा, चुरचुर होजाएगा ।’ (जो हामीसँग ठोक्किन्छ, टुक्रा–टुक्रा हुनेछ)

    विभिन्न प्रदेश सरकारमा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बनेको चर्चा गर्दै नेपालले कर्णाली प्रदेशमा नेकपा एमालेको हालत उठ्नै नसक्ने अवस्थामा पुगेको टिप्पणी गरे ।

    सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी सबैभन्दा ठूलो पार्टी बनेको र प्रदेश नम्बर दुईमा एमालेभन्दा धेरै अगाडि रहेको बताउँदै उनले भने, ‘कर्णाली प्रदेशमा हामीले टक्कर दिएर अर्को पार्टी उठ्नै नसक्ने गरी एमालेको हालत खतम छ ।’

    एक नम्बर प्रदेश र बागमती प्रदेशमा एकीकृत समाजवादी पार्टीको मुख्यमन्त्री बनेको बताउँदै उनले भने, ‘त्यसो हुनाले हामी भन्छौं हामीसँग टक्कर लिने कुरा सोच्यो भने तराईतिर भनिन्छ– जो हमसे टकराएगा चुरचुर होजाएगा, ख्याल गर ।’

    आगामी निर्वाचनबारे विभिन्न ठाउँको आकलन गरिरहेको बताउँदै नेपालले भने, ‘आगामी चुनावमा एकीकृत समाजवादी पार्टीको विजय अभियान अघि बढ्ने छ । हामी जित्ने छौं । हामीसँग इर्ष्या गर्नेहरुको हालत खत्तम हुनेछ ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया