• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    बाबुराम र प्रचण्ड फेरी एकै पार्टीमा ? यसरि हुदैछ सम्भव

    367
    SHARES


    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबीच पार्टी एकता हुने भएको छ । त्यसका लागि गृहकार्य भइरहेको श्रोतले जनाएको छ ।

    पार्टी एकता भए जनयुद्धका मुख्य योजनाकार पुष्पकमल दाहाल (प्रचण्ड) र बाबुराम भट्टराई एउटै पार्टिमा रहने सभांबना बढेको छ । पार्टी एकीकरण गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेको प्रस्तावलाई जनता समाजवादी पार्टीले सकारात्मक रुपमा लिएपछि यसको सम्भावना झन बढेको हो ।

    सर्लाहीमा आयोजित कार्यक्रममा प्रचण्डले माओवादी र जसपाबीच छिटो भन्दा छिटो एकता गर्न प्रस्ताव गरेपछि जसपाका एक प्रभावशाली नेता मनिष सुमनले आफूहरु पनि एकताकै पक्षमा रहेको बताए ।

    तर त्यसका लागि प्रदेशको सिमांकन फेर्ने, नागरिकताको समस्या समाधान गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगाययका मधेसी जनताका मागहरु सम्बोधन गर्न प्रचण्ड तयार हुनुपर्ने उनले बताए ।

    आफूहरुका यी माग सम्बोधन गर्न प्रचण्ड तयार भए एकीकरण टाढा नरहेको पनि उनले बताए । सर्लाहीमा आयोजित कार्यक्रममा प्रचण्डले जसपा अध्यक्ष उपेन्द्र यादव र नेता महिन्द्रराय यादवलाई छिटो पार्टी एकता गर्न अपील गरेका थिए ।

    क्षेत्रीय पार्टीबाट मधेसी र पहाडीया जनताको मुक्ति नहुने दाबी गर्दै प्रचण्डले एकीकरण गरेर पार्टीलाई टापु हैन महासागर बनाउन प्रस्ताव गरे । प्रचण्डले पार्टी एकता गरेमा जसपाका नेताहरुलाई सम्मान र अधिकार दिन कुनै कमि नहुने आश्वासन दिए ।

    पार्टी एकीकरणको प्रस्तावका लागि प्रचण्डलाई धन्यवाद दिँदै जसपा नेता सुमनले साच्चै एकता चाहने हो भने मधेसका माग र मुद्दाको सम्बोधन हुनुपर्ने बताए ।

    अन्यथा एकीकरणको कुरा भाषणमा मात्रै सीमित हुने उनले बताए । प्रचण्डले नागरिकता लगायतका विषयमा पनि सत्ता पक्ष र प्रतिपक्षबीच संवाद गरेर निर्णयमा पुगिने बताएका छन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ