• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    माधवकुमार नेपालको एकिकृत समाजवादी पार्टीमाथि लाग्यो यस्तो प्रतिबन्ध

    860
    SHARES


    काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टीका नेता कार्यकर्ताका लागि दुखःद खबर आएको छ । नेकपा एकीकृत समाजवादीलाई प्रतिबन्ध लागेको छ । एमालेले दशौं महाधिवेशनमा नेकपा एकीकृत समाजवादीलाई प्रतिबन्ध लगाएपछि झट्का लागेको हो ।

    एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेकपा (एकीकृत समाजवादी पार्टी)माथि प्रतिबन्ध लगाएको स्पष्ठ पारे ।

    नेकपा एकीकृत समाजवादीलाई आगामी महाधिवेशनमा बोलाउनुहुन्छ कि हुँदैन ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा भट्टाराईले भने, ‘राजनितिक शक्तिहरुको अवैधानिक सम्बन्ध वा लसपसबाट जन्मिएको शक्ति जसको ठेगाना पनि प्रस्ट छैन । त्यसलाई हामी बोलाउँदैनौं ।’

    दशौं महाधिवेशनमा विभिन्न मुलुकका पार्टीहरु, मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टीहरु, दक्षिण एसियाका सत्तारुढ दल र विपक्षी दलहरु तथा आईक्याप आईसीएपीपीका स्थायी कमिटीका सदस्यहरुलाई निमन्त्रणा गरिएको भट्टराईले बताए ।

    नेकपा एकीकृत समाजवादी भदौ ९ गते एमालेबाट औपचारिक रुपमा विभाजन भएको थियो । यता नेकपा एकीकृत समाजवादी पार्टीले एमालेले बोलाए पनि जान सकिने अवस्था नभएको जनाएको छ ।

    ‘हामी एमाले बाहेकका राजनीतिक दलहरुसँग बरु सहकार्य सम्बन्ध अगाडि बड्न सक्छ ।’ नेकपा एस निकट श्रोतले भन्यो, ‘नबोलाउँदा पनि ठिकै छ । उहाँहरुले नआउने थाहा पाएरै नबोलाउनु भएको हो ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया