• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    त्रिभुवन विमानस्थलमा ७९ जना यात्रु सवार विमान दुर्घटना, केछ अवस्था ?

    863
    SHARES


    काठमाडौँ । त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा फ्लाई दुबईको विमानमा चरा ठोक्किएको छ । जहाजको बायाँ पङ्खामा चरा ठोक्किएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए । दुर्घटनामा मानवीय क्षती भने भएको छैन् ।

    उडान नम्बर एफजेड-५७४ को विमान ७ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुने क्रममा चरा ठोक्किएको थियो । ८ बजेर १० मिनेटमा दुबई फर्कनु पर्ने सो जहाजको उडान स्थगित गरिएको छ। ​दुबई जानका लागी विमानस्थल पुगेका १ सय ७९ जना यात्रुलाई होटल सोल्टी र स्पोर्टस् होटलमा राखिएको छ ।

    यस्तै यसअघि सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको थियो । हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो ।

    उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला जहाज बँदेलसँग ठोक्किएको विमानस्थल स्रोतले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् ।

    जहाजको अगाडिको र पछाडिको टायरको बीच भाग ( तल्लो पेट) मा प्वाल परेको छ । धावनमार्गबाट जहाज हटाएर विमानस्थल सन्चालनको प्रयास भइरहेको छ । जहाजले १४ यात्रु र कार्गो बोकेको थियो ।

    विमानमा चालकदलसहित १४ जना यात्रु र करिव ९० केजी कार्गो रहेको थियो । अहिले विमान धावनमार्गबाट हटाउने काम भईरहेको छ भने विमानस्थल बन्द गरिएको छ ।

    यस्तै काठमाडौं विमानस्थलमा अवतरण हुनुपर्ने कतार एयरवेजको जहाज कोलकाता ‘डाइभर्ट’ भएको छ । यो जहाजले नेपालको आकाशमा निकै बेर फन्को मारेपछि काठमाडौं विमानस्थलमा अवतरण हुन सकेन । त्यसपछि उसलाई कोलकाता ‘डाइभर्ट’ गरिएको हो ।

    यस्तो अवस्था आउनुमा सो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र यस आसपासमा तीब्र गतिको हावा भएको विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

    ठूलो लोड बोकेर आएको जहाजलाई तीब्र गतिमा हावा चलेका बेला अवतरण गर्दा जहाज अगाडि हुत्तिने सम्भावना हुने उनले जानकारी दिए ।

    सोही कारण जोखिम नलिई कोलकता डाइभर्ट गरिएको हो । सो जहाज आजै काठमाडौं आउने समेत उनले जानकारी दिए । क्यूआर ६४६ उडान नम्बर भएको जहाज कोलकता डाइभर्ट भएको हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ