• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    तिहारको दोस्रो दिन घट्यो सुनको मुल्य, कतिमा भइरहेको छ कारोबार ?

    407
    SHARES


    काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बुधबार ५०० सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको हो ।

    छापावाल सुन प्रति १० ग्राम ७८ हजार ४४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार १५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

    बुधबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको छ । मंगलबार एक हजार २५० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ५० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

    नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ ।

    अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७९ पैसा कायम भएको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ १८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८७ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया