• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized अन्तराष्ट्रिय समाचार

    चीन र अमेरिकालाई समेत झट्का दिदै तालिबान लगायो यस्तो प्रतिबन्ध

    688
    SHARES


    काठमाडाै‌ । तालिबान सरकारले अफगानिस्तानमा विदेशी मुद्रामाथि प्रतिबन्ध लगाइदिएको छ ।

    पहिलादेखि नै धरासयी भएको त्यहाँको अर्थव्यवस्था यो कदमपछि थप खस्किने बताइएको छ ।​ तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले अबदेखि घरेलु लेनदेनमा कुनै व्यक्तिले विदेशी मुद्राको प्रयोग गरे उनीमाथि कारवाही गरिने चेतावनी पनि दिएका छन् ।

    आफ्नो बयानमा प्रवक्ताले भने, ‘देशको आर्थिक स्थिति र अन्य हितका लागि हरेक अफगान नागरिकले आफगानी मुद्राको मात्रै प्रयोग गर्नुपर्छ । इस्लामी इमिरेट्स सबै नागरिक, पसले, व्यापारी र सर्वसाधारणले सबै लेनदेन अफगानी मुद्रामा नै गर्न आदेश दिइएको छ ।

    र विदेशी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाउँछ ।’ १५ अगस्टमा देशमाथि कब्जा जमाएपछि अफगानिस्तान मुद्रा ‘अफगानी’ को मूल्य असाध्यै खस्किएको छ ।

    देशको विदेशी मुद्राको भण्डार अन्तरराष्ट्रिय समुदायले फ्रिज गरेको छ । बैंकले तरलता अभावको सामना गरिरहेको छ र संसारका धेरैजसो देशले अफगानिस्तानको नयाँ सरकारलाई मान्यता दिने मूडमा छैन ।

    हालको समयमा अफगानिस्तानभित्र थुप्रै व्यापारिक लेनदेख अमेरिकी डलरमार्फत् भइरहेको छ । र पाकिस्तानको सीमासँग जोडिएको इलाकामा पाकिस्तानी रुपैयाँ चलनमा छ ।

    यस्तै अमेरिकाले पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकाका लागि फाईजर खोप स्वीकृत गरेको छ । योसँगै अब अमेरिकामा सो उमेर समूहका लाखौं बालबालिकाले खोप लगाउन पाउने भएका छन् ।

    रोग नियन्त्रण तथा उन्मुलन केन्द्र (सीडीसी) ले बालबालिकाका लागि खोप अनुमोदन गरेको हो । अमेरिकामा यसअघि १२ वर्षमाथि बालबालिकामा फाइजर दिइएको थियो । अनुमोदनपछि अमेरिकामा दुई करोड ८० लाख बालबालिकाले फाइजर खोप लगाउने भएका छन् ।

    जनजीवनलाई सामान्य बनाउन बालबालिकालाई पनि खोप आवश्यक भएको विज्ञहरुले सुझाव दिँदै आएका थिए ।

    यसअघि सीडीसीका विज्ञको एउटा टोली र त्यहाँको खाद्य तथा औषधी प्रशासन (एफडीए) ले पाँच वर्ष माथिका बालबालिकालाई फाइजर खोप लगाउन सकिने जनाएका थिए ।

    कोभिड नियन्त्रणका लागि खोप ९१ प्रतिशत प्रभावकारी हुने एफडीएका अधिकारीहरुले बताएका छन् । खोप लगाएका बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता १६ देखि २५ वर्षका व्यक्तिहरुको जस्तै हुने विज्ञहरुको भनाई छ । खोप लगाएपछि कुनै ‘साईड इफेक्ट’ नदेखिने पनि उनीहरुले बताएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ