• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश

    वाणिज्य बैकमै नबिलले घोषणा गर्यो सर्वाधिक लाभाश, नगद र बोनस कति ?

    0.9K
    SHARES


    काठमाडाै‌ । नबिल बैंकले अन्य वाणिज्य बैंकहरुले दिनेभन्दा अहिलेसम्मकै बढी लाभांश घोषणा गरेको छ। बैंकको आज मंगलबार बसेको संचालक समितिले गत आर्थिक बर्षको कमाईबाट ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

    बैंकले प्रस्ताव गरेको लाभांशमा ३३।६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत नगद लाभांश रहेको छ। बैंकले घोषणा गरेको यो लाभांश पछिल्लो चार बर्ष यताकै उच्च हो।

    बैंकले अहिले कायम चुक्तापुंजीको ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। अहिले बैंकको चुक्ता पुंजी १३ अर्ब ८४ करोड रहेको छ। बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुंजी करिब १८ अर्ब पुग्नेछ।

    बैंकले गत आर्थिक बर्ष ४ अर्ब १४ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको थियो।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरे पश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ