• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    स्कटल्याण्डमा रहेको प्रधानमन्त्री देउवाले सुन्न पर्यो दुःखद खबर

    541
    SHARES


    काठमाडौँ  । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिमा भाग लिन स्कटल्याण्ड पुगेका छन् ।

    देउवाले त्यहाँ भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । नेपाल भारत सम्बन्धका विषयमा कुरा हुँदै गर्दा देउवाले नेपालबाट दुःखद खबर सुन्न परेको छ ।

    दुई देशका प्रधानमन्त्री गफिदै गर्दा देउवाले नेपाली कांग्रेसका प्रभावशाली नेतहरु एमाले प्रबेश गरेको खबर सुन्न परेको हो । दैलेख जिल्लाको आठबीस नगरपालिकाका चर्चित नेताहरु एमाले प्रबेश गरेका हुन् ।

    एमालेको पहिलो नगर अधिवेशन उद्घाटन सत्रमा आठबीस नगरपालिका– १ मा तीन कार्यकाल काँग्रेसबाट वडाअध्यक्षमा निर्वाचित भक्तबहादुर थापासहित नेताहरु एमाले प्रबेश गरेका हुन् ।

    प्रबेश गर्नेमा सोही वडाका लालबहादुर थापा र वडा नम्बर ६ राँताका जगतप्रसाद आचार्य लगायत रहेका छन् । प्रभावशाली व्यक्तिहरुनै अर्को पार्टीमा प्रबेश गरेपछि कांग्रेसलाई दैलेखमा नराम्रो झड्का लाग्ने छ ।

    नेकपा एमालेका नेता विनोदकुमार शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण तत्कालीन नेकपाको बहुमत आएकोसमेत बताएका थिए ।

    आज आठबीस नगर कमिटीको पहिलो अधिवेशनलाई उदघाटन गर्दै नेता शाहले दुई पार्टीबीच कार्यगत एकता भएको र त्यसैमा ओलीको छविका कारण बहुमत आएको बताएका हुन् ।

    अधिवेशनमा नगर अध्यक्षमा अमरबहादुर माझी, छिताराम विक, हर्कबहादुर शाही, पर्वसिंह विक, दिपेन्द्रराज खनाल, वीरबहादुर माक्र्सवादी, हिक्मत बस्नेत र हरि शाहीको दाबी छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ