• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    मुख्यमन्त्री राईले गरे सपथग्रहण, ६ सदस्यीय मन्त्रिपरिषद् गठन, यी हुन् मन्त्री बन्नेहरु

    1K
    SHARES


    विराटनगर । प्रदेश-१ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

    प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।

    नवगठित मन्त्रिपरिषद्मा केदार कार्कीले आन्तरिक मामिला मन्त्री, हिमाल कार्कीले भौतिक मन्त्री, इन्द्र आङबो आर्थिक मामिला मन्त्री, जयराम यादव सामाजिक विकास मन्त्री र विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री बनेका छन् ।

    एमाले नेता भीमप्रसाद आचार्यले राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राई ४९ सांसदको समर्थन पाएपछि मुख्यमन्त्री नियुक्त भएका थिए । यता कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेश गरेका छन् ।

    प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले मंगलबार साँझ साढे ७ बजेसम्म दाबी पेश गर्न समय दिएका थिए । शाहीले मंगलबार २१ सांसदको समर्थनमा दाबी पेश गरेका हुन् । कांग्रेसका ६, माओवादी केन्द्रका १३ र नेकपा (एकीकृत) समाजवादीका ३ सांसदको उनलाई समर्थन रहेको छ ।

    कर्णाली प्रदेश सभा ४० सदस्यीय भए पनि ५ पद रिक्त भएकाले हाल ३५ जनामात्र सांसद छन् । माओवादी नेता महेन्द्रबहादुर शाहीले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले गत वैशाखमा कांग्रेससँग भएको सहमति अनुसार कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न राजीनामा दिएका थिए ।

    शाहीले बहुमत सांसदको समर्थनमा दाबी पेश गरेकाले उनलाई मंगलबारै शपथ गराउने प्रदेश प्रमुखको कार्यालयको तयारी छ । मंगलबार बेलुका ८ बजेपछि शाहीले शपथ ग्रहण गर्ने जनाइएको छ ।

    शाही मुख्यमन्त्री बनेपछि देशका ७ मध्ये २ प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बन्ने छ । यसअघि गण्डकीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका छन् । कांग्रेस सातै प्रदेशको सरकारमा सहभागी छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया