• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    २१ सांसदको सर्मथनमा जीवनबहादुर शाहीले पेश गरे सरकार बनाउने दाबी

    651
    SHARES


    काठमाडौँ । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेश गरेका छन् । प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले मंगलबार साँझ साढे ७ बजेसम्म दाबी पेश गर्न समय दिएका थिए ।

    शाहीले मंगलबार २१ सांसदको समर्थनमा दाबी पेश गरेका हुन् । कांग्रेसका ६, माओवादी केन्द्रका १३ र नेकपा (एकीकृत) समाजवादीका ३ सांसदको उनलाई समर्थन रहेको छ । कर्णाली प्रदेश सभा ४० सदस्यीय भए पनि ५ पद रिक्त भएकाले हाल ३५ जनामात्र सांसद छन् ।

    माओवादी नेता महेन्द्रबहादुर शाहीले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले गत वैशाखमा कांग्रेससँग भएको सहमति अनुसार कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न राजीनामा दिएका थिए ।

    शाहीले बहुमत सांसदको समर्थनमा दाबी पेश गरेकाले उनलाई मंगलबारै शपथ गराउने प्रदेश प्रमुखको कार्यालयको तयारी छ । मंगलबार बेलुका ८ बजेपछि शाहीले शपथ ग्रहण गर्ने जनाइएको छ ।

    शाही मुख्यमन्त्री बनेपछि देशका ७ मध्ये २ प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बन्ने छ । यसअघि गण्डकीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका छन् । कांग्रेस सातै प्रदेशको सरकारमा सहभागी छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया