• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडाै‌का सडकमै कोरोनाविरुद्धको खोप लगाइदै, कसले पाउछ, कसले पाउदैन ?

    496
    SHARES


    काठमाडाै‌ । तिहार मनाउन घर जान लागेका यात्रुलाई कोरोनाविरूद्धको खोप लगाइने भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारका तिहार मनाउन काठमाडौं बाहिर जाने यात्रुलाई कोटेश्वर, गोंगबु, बल्खु र कलंकी चोकमा कोरोनाविरुद्धको खोप दिन लागिएको हो।

    मन्त्रालयका अनुसार दुईदिनसम्म सञ्चालन हुने कार्यक्रम बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ। यी चार स्थानमा आज बिहानदेखि नै खोप कार्यक्रम सुरु गरिएको छ।

    आज र भोलि दुई दिन चल्ने खोप कार्यक्रममा आफ्नो उमेर खुल्ने परिचयपत्र देखाएर खोप लगाउन सकिनेछ। भेरोसिल र एस्ट्राजेनेका खोप नि:शुल्क लगाइने मन्त्रालयले जनाएको छ।

    यसैबीच विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीबाट संसारभर मृत्यु हुनेको सख्ंया ५० लाख नाघेको छ । त्यस्तै, कोभिडबाट विश्वभर २४ करोड मानिस संक्रमित भएका छन् । करिव दुई वर्षअघि सर्वप्रथम चीनको वुहानबाट कोभिड संक्रमण फैलिएको थियो ।

    कोभिड खोप बिकास भएपछि करोडौं मानिसहरुले खोप लगाएका छन् । तर, अझै पनि विश्वको ठूलो जनसंख्या खोपको पहुँचबाट टाढा छ । अहिले पनि कोभिडबाट विश्वमा दैनिक ८ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ ।

    युरोपलगायतका देशमा कोभिड संक्रमण फेरि बढेको छ । ‘युरोपमा पछिल्लो समयमा महामारी बढ्दा पछिल्लो दुई महिनामा कोभिड संक्रमण र त्यसबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ’, विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रो अड्हानोम भेरब्रेइससले भने ।

    रसियामा कोभिडबाट संक्रमित र मृत्यु हुने दुबैको संख्या बढिरहेको छ । २० अक्टोबरपछि रसियामा कोभिडबाट दैनिक १ हजारको मृत्यु हुन थालेको छ । मृत्युदर बढे पनि त्यहाँका नागरिक खोप लगाउन अनिच्छुक छन् । ५० प्रतिशतभन्दा बढी रसियालीले अझै खोप लगाएका छैनन् ।

    सरकारी तथ्यांकअनुसार १ नोभेम्बरसम्म रसियामा कोभिडबाट दुई लाख ३९ हजार ६९३ जनाको मृत्यु भइसकेको छ । सरकारमाथि कोभिडबाट मृत्यु हुनेको संख्या लुकाएको आरोप लाग्दै आएको छ ।

    युरोपमा रसियापछि युक्रेन, रोमानियामा कोभिडबाट धेरै मानिसको मृत्यु भएको छ । ती दुबै देशमा औषतमा ५०० जनाको मृत्यु हुने गरेको छ ।

    यसैबीच, अमेरिकामा पछिल्लो एक सातामा कोभिडबाट औषतमा दैनिक एक हजार ४०० जनाको मृत्यु हुने गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ