• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल मनोरञ्जन रोचक-विचित्र

    कसैले थाहा नपाएका ऐश्वर्या राईका ७ यस्ता रहस्य, थाहा पाएर तपाई आश्चर्य पर्नुहुनेछ 

    1.2K
    SHARES


    काठमाडाै‌ । बलिउडकी चर्चित अभिनेत्री ऐश्‍वर्या राय बच्चन ४८ वर्षकी भएकी छन् । ४८ वर्षको उमेरमा पनि उत्तिकै सुन्दर र जवान देखिन्छिन् ।

    ऐश्वर्या रायको जन्मदिनको अवसरमा भारतीय सञ्चारमाध्यमले उनको विषयमा रोचक प्रसंगहरुका विषयमा लेखेका छन् । उनका विषयमा जानकारी नभएका केही रोचक प्रसंगहरु यहाँ उल्लेख गरिएको छ ।

    ऐश्वर्याका पिता कृष्णराज समुद्री जीव वैज्ञानिक थिए । उनकी आमा बृन्दा गृहणी हुन् । उनका जेठो दाइ आदित्य राय इन्जिनियर छन् ।

    ऐश्वर्याले करियरको सुरुवात सन् १०९७ मा मणिरत्नमको फिल्म ‘इरुवर’ बाट सुरु गरेकी थिइन् । उनले बलिउडको पहिलो फिल्म ‘और प्यार हो गया’ थियो । जसमा हिरो बबी देओल थिए ।

    ऐश्वर्या राज ९ कक्षामा हुँदा उनलाई फिल्म अफर गरिएको थियो । ऐश्वर्या एक मात्र अभिनेत्री हुन् जसले पेप्सी र कोकाकोला दुवैको एन्डोर्स गरिन् ।

    ऐश्वर्याले फिल्ममा हरेक प्रकारको सिन दिएकी छन् । उनले स्क्रीनमा इन्टिमेट सिन पनि दिएकी छन् । उनले आफूभन्दा कम उमेरका हिरोसँग पनि रोमान्स गरिन् भने आफूभन्दा धेरै उमेर भएका हिरोसँग पनि रोमान्स गरिन् ।

    उनले डेब्यू फिल्ममा मोहनलालसँग रोमान्स गरेकी छन् । उक्त फिल्ममा काम गर्दा ऐश्वर्या २४ वर्षकी थिइन् भने मोहनलाल ३७ वर्षका थिए । उनले सन् २०१६ मा आएको फिल्म ‘ए दिल है मुश्किल’ मा आफूभन्दा ९ वर्ष सानो उमेरका रणवीर कपूरसँग रोमान्स गरिन् ।

    उनी अमेरिकाको ‘ओपराह विनफ्रे’ शोमा सहभागी हुने पहिलो अभिनेत्री हुन् । ऐश्वर्याले सरकारको तर्फबाट सन् २००९ मा पद्यश्री र २०१२ मा फ्रान्स सरकारबाट ‘औरड्रे डेस आर्टस एट डेस लेट्रेस’ बाट सम्मानित भइन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया