• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    कर्णालीमा को बन्दैछ नयाँ मुख्यमन्त्री ? दावी पेश गर्न आह्वान

    260
    SHARES


    काडमाडाै‌ । कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान भएको छ।

    प्रदेश प्रमुखले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गर्दै नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न समय दिएका छन्।

    आज साँझ ७:३० बजेभित्र दावी पेश गरिसक्न प्रदेश प्रमुखले समय दिएको प्रदेश सचिव ठाकुरप्रसाद सिग्देलले बताए। दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न भनिएको छ।

    यहाँ नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बन्ने तयारीमा छन्। कांग्रेससँग भएको सहमतिअनुसार नै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले सोमबार राजीनामा दिएका थिए।

    मुख्यमन्त्री शाहीले विश्वासको मत लिने बेला सत्ता हस्तान्तरणको सहमति गरेका थिए। उनले सहमतिलाई इमान्दारितापूर्वक कार्यान्वयनमा ल्याएको पनि बताएका छन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ