• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    काँग्रेस र एकीकृत समाजवादीलाई चिठ्ठा, माओवादी अध्यक्ष प्रचण्ड हेरेको हेर्यै

    552
    SHARES


    काठमाडाै‌ । सोमबार एकैदिन दुई प्रदेश (कर्णाली र प्रदेश १) का मुख्यमन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएका छन् ।

    नेकपा माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाही र नेकपा एमालेका भीम आचार्य क्रमशः कर्णाली र प्रदेश १ को मुख्यमन्त्रीबाट राजीनामा दिएर सरकारबाट एक्जिट भएका हुन् । दुवै मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत पाउन नसक्ने अवस्था आएपछि राजीनामा दिन बाध्य भएका थिए ।

    कर्णालीमा मुख्यमन्त्री शाहीको राजीनामासँगै काँग्रेसका जीवनबहादुर शाहीले सरकारको नेतृत्व गर्ने मौका पाएका छन् भने प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले सरकारको नेतृत्व गर्ने भएका छन् ।

    शाही र राई दुवै पाँच दलीय गठबन्धनबाट मुख्यमन्त्री बन्न लागेका हुन् । २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका कर्णालीका शाहीले ३ वर्ष ८ महिना सरकारको नेतृत्व गरेका छन् । त्यस्तै प्रदेश १ को मुख्यमन्त्रीमा आचार्य आचार्य गत भदौ १० गते नियुक्त भएका थिए । उनले ६५ दिन सरकारको नेतृत्व गर्न भ्याए ।

    यता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बताएका छन् । नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनमा आज यहाँ उनले कसैसँग नमिलिकनै एमालेले बहुमत ल्याउने बताएका हुन् ।

    पार्टीको १०औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनको तयारीमा जुट्ने भन्दै उनले भने, “हामीले एकल बहुमत ल्याउनुपर्छ । प्रत्यक्षमा र समानुपातिकमा कम्तीमा ५०/५० प्रतिशतभन्दा बढी ल्याउनैपर्छ, त्यसको तयारी गर्नुहोस्, एमाले वैशाखी टेकेर होइन, एक्लै चुनावमा जान्छ ।” नेकपा एमाले बहुमतको सङ्कल्पका साथ अघि बढेको भन्दै उनले कसैको तागतले रोक्न नसक्ने बताए ।

    पाँच दलीय गठबन्धन निर्वाचनसम्म मिल्ने चर्चा चलिरहेको भन्दै उनले भने, “जोजो मिलेर आए पनि एमालले सामना गर्छ ।” एमालेले लोकतन्त्रमा विश्वास गर्ने भन्दै उनले जनताले दिएको प्रत्येक मतलाई सम्मान गर्ने बताए । उनले भने “अब फेरि कसैले मतपत्र च्यातेर चुनाव जित्छु भन्ने सपना नदेख्दा हुन्छ ।” आफूहरु तीनै तहमा बहुमत ल्याउने सङ्कल्पका साथ अगाडि बढेको बताउँदै उनले रोक्न सके रोक्नका लागि विपक्षी दलहरु समक्ष चुनौती दिए ।

    नेकपा (एमाले) पदका लागि नभएर देश बनाउनका लागि खुलेको पार्टी भएको भन्दै उहाँले यसका कार्यकर्ता यसैतर्फ केन्द्रित हुने बताए । उनले भने, “हामी समाजवाद ल्याउन चाहन्छौँ, समाजवादको आधार तयार पार्न ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई साकार पार्नुपर्छ ।” समाजवादको आधार तयार पार्ने बाटो र विधि जनताको बहुदलीय जनवाद भएको बताउँदै ओलीले भने, “हामी देश बनाउन हिँडेका हौँ, पाँच दलीय गठबन्धन भत्काउन हिँडिरहेका छन् ।”

    पार्टीको अधिवेशनमा पारस्परिक अन्तरविरोधलाई त्यागेर भविष्यका लागि मिलेर जान आवश्यक रहेको उहाँले बताए । उनले भने, “हिजो के के भयो भन्ने बिर्सिनुहोस्, अब पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नुहोस् ।” उनले चितवनका सबै क्षेत्रमा निर्वाचन जित्ने गरी लाग्न निर्देशन दिए ।

    सो अवसरमा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले नेपाललाई राजनीतिक अस्थिरताको भुमरीमा धकेलिएको र फसाइएको भन्दै देशी विदेशी प्रक्रियावादीहरुले षड्यन्त्र गरिरहेको बताए । एमाले नेता प्रभु साहले केपी ओली बाचुञ्जेल साथ दिने भन्दै सच्चा कम्युनिष्ट नेतृत्व एमालेले गरेको बताए । उनले आगामी निर्वाचनमा प्रदेश २ एमालेमय बन्ने दाबी गरे ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ