• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मुख्यमन्त्रीबाट राजीनामा दिएलगत्तै महेन्द्र शाहीले गरे यस्तो घोषणा

    719
    SHARES


    काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार साँझ पदबाट राजीनामा दिएका छन् । उनले प्रदेशवासीका नाममा सम्बोधन गर्दै सत्ता गठबन्धन दलसँग भएको सम्झौता कार्यान्वयनमा इमान्दार भएर राजीनामा दिएको बताएका छन् ।

    राजीनामा दिँदै शाहीले नयाँ सरकार बनाउनका लागि कांग्रेसलाई समर्थन गर्नेसमेत घोषणा गरेका छन् । शाहीको सरकार तीन वर्ष ८ महिनामा ढलेको हो ।

    गत वैशाखमा शाहीले राखेको विश्वासको मतको प्रस्तावमाथि मतदान हुँदा कांग्रेस र माओवादीबीच ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार सोमबार ठिक ६ महिनापछि उनले राजीनामा दिएर कांग्रेसलाई समर्थन गरेका हुन् ।

    कांग्रेसबाट नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने सम्भावना छ । ४० सदस्यीय प्रदेश सभा हाल ५ सदस्यीय छ । सबैभन्दा ठूलो दल एमाले सभामुखसहित १६, माओवादी १३, कांग्रेस ६ र राप्रपाको १ सिट छ । सरकार बनाउन कांग्रेस र माओवादीबीच गठबन्धन भए बहुमत पुग्छ ।

    राजीनामा दिनुअघि प्रदेशवासीका नाममा सम्बोधन गर्दै शाहीले आफ्नो सरकारले गरेका कामबारे लामो चर्चा गरेका थिए । ७ प्रदेश मध्ये अब माओवादी नेतृत्वको सरकार सुदूरपश्चिम र लुम्बिनीमामात्र रहेको छ भने कांग्रेस गण्डकीपछि दोस्रो प्रदेश कर्णालीमा सरकारको नेतृत्व गर्ने तयारीमा छ ।

    यस्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीले गठबन्धन बनाउने प्रयत्न गरिरहेको बताएका छन् । नेपाल निजमती कर्मचारी संगठनले सोमबार काठमाडौँमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले संविधान र परिवर्तित व्यवस्थालाई मन नपराउनेहरुले सत्ता गठबन्धनलाई तोड्दै प्रतिक्रियावादी गठबन्धन बनाउने प्रयत्न गरिरहेको टिप्पणी गरे ।

    उनले न्यायलयभित्र भइरहेको अहिलेको गतिबिधि पनि प्रतिक्रियावादी षडयन्त्र नै भएको बताए । उनले केपी ओली नेतृत्वको सरकारले संघीयतामाथि प्रहार गर्ने, संसदीय समितिले तयार पारेका विधयेकहरुलाई पनि अघि बढ्न नदिने र पार्टीभित्रको बहसलाई बाहाना बनाएर प्रतिनिधिसभा बिघटन गरेकाले नै निरंकुश प्रवृतिबिरुद्ध लड्नु परेको तर्क गरे ।

    आफू गणतन्त्रवादी कहिल्यै नरहेको भनेर पूर्वप्रधानमन्त्रीले बोलेको सुनेको भन्दै प्रचण्डले राजनीतिक नेतृत्वले रिल्याक्स गर्ने बेला नभएको पनि बताऐ । प्रचण्डले नेकपा अस्तित्वसमा रहँदा ७० प्रतिशतले केपी ओलीलाई कारवाही गरेको र निर्वाचन आयोगले त्यसलाइ सदर गरिदिएको भए ओलीको राजनीतिक हैसियत त्यहि बेला नै सकिने धारणा राने ।

    उनले खर्च कम गर्न र धाँधली रोक्न तीन तहको निर्वाचनलाई एकैचोटी गर्न सकिने बताए । आगामी निर्वाचन कसरी गर्ने भन्ने सम्बन्धमा दुई थरी विचारमा छलफल भइरहेको समेत जानकारी दिए ।

    तीनवटै निर्वाचन एकैपटक गर्दा प्राविधिक रुपमा अप्ठ्यारो हुने हुनाले पहिले संघको निर्वाचन गर्ने र त्यसपछि स्थानीय तहको निर्वाचन गर्ने विषयमा पनि छलफल भइरहेको प्रचण्डले बताए। कार्यक्रममा प्रचण्डले संगठनको मुखपत्र परागको पाँचौ विशेषाङ्कको बिमोचन गरेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ