• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    बिहेमा संगीत बजाउँदा अफगानिस्तामा तीनजनाको ह’त्या

    572
    SHARES


    नांगरहार । अफगानिस्तानमा बिहेमा संगीत बजाएको भन्दै आक्रमणकारीहरुले तीनको ह’त्या गरेका छन् । पूर्वीअफगानिस्तानस्थित नांगरहार प्रान्तको शाम्सपुर मार घुन्दी गाउँमा आ’क्रमणकारीहरुले बिहेमा रमाउँदै गरेका तीनजनाको ह’त्या गरिदिएका हुन्।

    शुक्रबार राति भएको सो घटनामा अन्य दुई व्यक्ति गम्भीर घाइते भएको र घटना तालिवानको नाममा गराएको बताइएको छ । तालिवानले घटनामा संलग्न तीनजनामध्ये दुईलाई प’क्राउ गरी हिरासतमा राखेको छ ।

    समाचार एजेन्सी एएफपिका अनुसार प’क्राउ परेका व्यक्तिले आफूहरु इस्लामिक एमिराट भएको र इस्लामिक कानुनको उल्लंघन गर्दा आ’क्रमण गरेको बताएका छन् ।

    एएफपिका अनुसार पीडित परिवारले बिहेको समयमा डिजे म्युजिक बजाउँदा तालिवान लडाकुले प्रवेश गरेको र लगत्तै बन्दुकमार्फत आ’क्रमण गरेको बताएका छन् । सन् १९९६ देखि २००१ सम्म तालिवानले गरेको शासनकालमा अफगानिस्तानमा संगीतमाथि प्रतिबन्ध लगाइएको थियो ।

    यद्यपि तालिवान नेतृत्वको वर्तमान सरकारले भने संगीतको विषयमा कुनैपनि निर्णय नलिएको बताइको छ । इस्लामिक कानुनले संगीत र मनोरन्जनजस्ता गतिविधिलाई व्याख्या नगरेको बताइन्छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया