• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    प्रधानन्यायाधीश प्रकरणमा बाबुरामले पनि मुख खोले

    528
    SHARES


    काठमाडौं । प्रधानन्यायाधीश प्रकरणमा पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईले पनि मुख खोलेका छन् । उनले सामाजिक संजाल ट्वीटरमा स्टाटस लेख्दै आफ्नो धारणा राखेका हुन् ।

    उनले राज्यको स्थायी अंग एकपछि अर्को गर्दै पतनको संघारमा पुग्नु गम्भीर विषय भएको बताएका छन् । त्यस्तै लामो क्रान्तिपछि पनि पुरानो राज्यको थोत्रा अंग जस्ताको त्यस्तै बोकेर हिड्नुको परिणामको उपजको रुपमा यस घटनालाई लिनसकिने उनले बताएका छन् ।

    उनले वर्तमान राज्यका प्रणालीलाई मरेकी सतिदेवीको संज्ञा दिँदै त्यसलाई बोकेर भौतारिँदै हिँड्ने की बेलैमा सदगद गर्ने ? भन्दै प्रश्न गरेका छन् । सतीदेवीको अंगपतन भए झैं नेपालको राज्यका स्थायी अंग एक पछि अर्को पतनको संघारमा पुग्नु गम्भीर विषय हो।

    त्यत्रो युगीन क्रान्तिपछि पुरानो राज्यका थोत्रा अंग यथावत् बोकेर हिंड्नुको दुष्परिणाम हो यो।हामी पनि महादेवले मरेकी सतीदेवीलाई कॅाधमा बोकेर भौंतारिए झैं गर्ने कि बेलैमा सदगत गर्ने ?

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ