• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडौं अवतरण हुनुपर्ने कतार एयरवेजको जहाज अन्तै पुग्यो

    1.8K
    SHARES


    काठमाडौं । आइतबार अपरान्ह सवा तीन बजे काठमाडौं विमानस्थलमा अवतरण हुनुपर्ने कतार एयरवेजको जहाज कोलकाता ‘डाइभर्ट’ भएको छ ।

    यो जहाजले नेपालको आकाशमा निकै बेर फन्को मारेपछि काठमाडौं विमानस्थलमा अवतरण हुन सकेन । त्यसपछि उसलाई कोलकाता ‘डाइभर्ट’ गरिएको हो ।

    यस्तो अवस्था आउनुमा सो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र यस आसपासमा तीब्र गतिको हावा भएको विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

    ठूलो लोड बोकेर आएको जहाजलाई तीब्र गतिमा हावा चलेका बेला अवतरण गर्दा जहाज अगाडि हुत्तिने सम्भावना हुने उनले जानकारी दिए ।

    सोही कारण जोखिम नलिई कोलकता डाइभर्ट गरिएको हो । सो जहाज आजै काठमाडौं आउने समेत उनले जानकारी दिए । क्यूआर ६४६ उडान नम्बर भएको जहाज कोलकता डाइभर्ट भएको हो ।

    यस्तै कतार एयरवेज एयरलाइन्स रेटिङद्वारा २०२१ वर्षको सर्वोत्कृष्ट एयरलाइन सम्मानद्वारा सम्मानित भएको छ । साथै, एयरलाइनले मध्यपूर्वको सर्वोत्कृष्ट एयरलाइन, सर्वोत्कृष्ट केटरिङ तथा सर्वोत्कृष्ट बिजनेस क्लासको उपाधि पनि हात पारेको छ ।

    कतार एयरवेजले सर्वोत्कृष्ट बिजनेस क्लासको उपाधि हात पारेको यो तेश्रो पटक हो, जसको मुख्य श्रेय एयरलाइनको क्युसुइट सेवालाई जान्छ ।

    एयरलाइन रेटिङको ‘वर्षको सर्वोत्कृष्ट एयरलाइन’ अवार्डले नवप्रवर्तन, उत्कृष्ट हवाई नेटवर्क तथा समग्र सुरक्षामा केन्द्रित रही उड्डयन उद्योगको सर्वश्रेष्ठ एयरलाइनलाई सम्मानित गर्दै आइरहेको छ ।

    एयरलाइन रेटिङका सम्पूर्ण विधाका अवार्ड उड्डयन क्षेत्रका दक्ष एवं अनुभवी विज्ञहरूको विस्तृत मूल्यांकन तथा मापदण्डका आधारमा दिइने बताइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया