• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रधानन्यायाधीश राणाले तोके १२ इजलासमा १४३ मुद्दाको पेसी

    314
    SHARES


    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि इजलास तोकेका छन्।

    सर्वोच्च अदालतका न्यायाधीशहरूले आफूविरुद्ध इजलास बहिष्कार जारी राखेका बेला प्रधानन्यायाधीश राणाले १२ इजलासमा १४३ मुद्दाको पेसी तोकेका हुन्।

    उनले आफ्नो ४ एकल इजलाससहित १२ वटा इजलासमा १ सय ४८ वटा मुद्‍दाको पेसी तोकेका हुन् । यता प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसन नेपालले आज आइतबारदेखि कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिन सुरू गरेको छ ।

    कालो कोटमा कालो पट्टि लगाएर अधिवक्ताहरुले विरोध गरेका हुन् । बारका महासचिव लीलामणि पौडेलले तिहार बिदासम्म पनि राजीनामा नआए थप आन्दोलनका कार्यक्रम घोषणा हुने बताए ।

    बारले जबरालाई राजीनामा दिन पाँच दिने अल्टिमेटम दिएको थियो । आगामी मंगलबारसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने निर्णय बारले गरिसकेकाे छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया