• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अपराध समाचार

    बागलुङमा दिदीलाई बला’त्कार गरेको आरोपमा बैंकका कर्मचारी प’क्राउ

    632
    SHARES


    बागलुङ । जिल्लामा ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागलुङको एक बैंकमा कार्यरत युवालाई पक्राउ गरेको छ । कैलालीको जोसिपुर गाउँपालिका वडा नम्बर १ घर भइ बागलुङमा बैंकमा काम गर्दै आएका २६ वर्षीय युवालाई जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार पक्राउ गरेको हो ।

    युवकले केही वर्ष पहिलेदेखि ति महिलालाइ धर्म दिदी बनाएर तिहारमा भाइ टीका लगाउँदै आएको पाइएको छ । महिलालाई युवाले कात्तिक ३ गते बलात्कार गरेको आरोप छ ।

    पीडित महिलाले सात दिनपछि कात्तिक १० गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएपछि आरोपित युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।

    प्रहरीले युवकलाइ नियन्त्रणमा लिएर यस विषयमा अनुसन्धान सुरू गरेकाे प्रहरी निरीक्षक भणडारीले जानकारी दिए । पछिल्लाे समय बागलुङमा यस प्रकारका घटनाहरू बढ्न थालेका छन् ।

    यस्तै जिल्लाको निसीखोला गाउँपालिकाको कार्यालय र वडा कार्यालयहरुसहित विद्यालय र घरमा तोडफोड तथा चोरी भएको छ । मंगलबार राति गाउँपालिकाको कार्यालयसहित वडा नम्बर ३ र वडा नम्बर ४ को कार्यालय, प्रभा मावि, जन जिवराज सुशिलामा मावि, हिले प्रावि, बोहोरागाउँ लिटिल रोज बोर्डिङ स्कुल र १९ घरमा तोडफोड तथा चोरी भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए ।

    यो सबै घटना एकै रातमा भएको बताइएको छ । निसीखोला गाउँपालिका कार्यालयमा तोडफोडसँगै कागजपत्र छरप्रस्ट बनाएको गौतमको भनाई छ । त्यस्तै कागजात राख्ने दराज टोडफोड र सिसी क्यामेराको टार समेत काटेको उनको भनाई छ ।

    सामान भने नहराएको उनले बताए । चोरले वडा नम्बर ३ को वडा कार्यालय तोडफोड गरेको छ भने त्यहाँबाट ६०० रुपैयाँ चोरेको सूचना अधिकारी गौतमले जानकारी दिए । अन्य क्षति भने नभएको उनको भनाई छ । वडा नम्बर ४ को कार्यालय पनि टोडफोड भएको छ ।

    कार्यालय तोडफोडसँगै ११ हजार रुपैयाँ समेत चोरेको वडा कार्यालयले जनाएको छ । वडा नम्बर ३ र ४ दुवै कार्यालयको ढोका तोडफोड भएको छ । त्यस्तै वडा नम्बर ४ मा रहेको महिला सहकारीको कार्यालय ढोका समेत टोडफोड गरेको बताइएको छ ।

    तीन विद्यालयमा टोडफोड भए पनि कुनै सामानहरु हराएको अहिलेसम्म पत्ता नलागेको गौतमले बताए। बोहोरागाउँ लिटिल रोज बोर्डि स्कुलबाट कार्यालयको ढोका तोडफोड गरि १० हजार रुपैयाँ चोरेको बताइएको छ ।

    चोरले विभिन्न कार्यालयसँगै १९ घरमा टोडफोड र चोरी गरेको गाउँपालिकाले जनाएको छ । वडा नम्बर २ मा २ र वडा नम्बर ३ मा १७ वटा घरमा तोडफोडसँगै नगद र जिन्सी चोरी गरेको गौतमले बताए ।

    वडा नम्बर ३ का वडा सदस्य खिमबहादुर शाहीको घरबाट साढे दुई तोला सुन र एक लाख नगद रुपैयाँ चोरी गरेको गाउँपालिकाले जनाएको छ । विभिन्न कार्यालय, विद्यालय र १९ घरबाट १० लाख रुपैयाँ बराबरको नगद र जिन्सी चोरी भएको सूचना अधिकारी गौतमले जानकारी दिए ।

    राति तोडफोड तथा चोरी भए पनि आफूहरुले विहान मात्रै थाहा भएको भन्दै प्रहरीलाई जानकारी गराएको गौतमले बताए । प्रभा माविमा राति १ बजे तोडफोड भएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    गाउँपालिकाको कार्यालय भने विहान सात बजे कर्मचारीहरु आउँदा ढोकाहरु खुल्लै देखेपछि प्रहरीलाई खबर गरेका थिए । गाउँपालिकाले क्षति भएका सबै घर तथा कार्यालयहरुको निरीक्षण गरि क्षति विवरण तयार पारि रहेको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए ।

    उनले गाउँपालिकाको कार्यालयमा धेरै क्षति नभए पनि विभिन्न वडा र घरहरुमा लाखौँको चोरी भएको जानकारी दिए । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले सबै स्थानमा पुगेर मुचुल्का तयार गरेको भन्दै अहिलेसम्म कसैलाई पनि अनुसन्धानको दायराम नल्याएको बताए । यसमा आफूहरु गम्भीर भएर अनुसन्धानमा लागेको बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया