• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights खेलकुद

    विश्वकपमा पाकिस्तानको लगातार तेस्रो जित, अफगानिस्तान ५ विकेटले पराजित

    764
    SHARES


    काठमाडाै‌ । युएईमा जारी आईसीसी टी-२० विश्वकपमा पाकिस्तानले लगातार तेस्रो जित निकाल्दै सेमिफाइनल नजिक पुगेको छ।

    प्रतियोगिता अन्तर्गत शुक्रबार अफगानिस्तानलाई ५ विकेटले हराउँदै पाकिस्तानले ३ खेलबाट ६ अंक जोड्दै अन्तिम चार नजिक पुगेको हो। अफगानिस्तानले दिएको १ सय ४८ रनको मध्यम लक्ष्य पाकिस्तानले ६ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गर्‍यो ।

    उसका लागि आसिफ अलीले आक्रामक पारी खेल्दै ७ बलमा चार छक्कासहित अविजित २५ रन बनाए। त्यस्तै, कप्तान बाबर आजमले ५१, फखर जमानले ३०, शोयब मलिकले १९, मोहम्मद अफीजले १० र मोहम्मद रिजवानले ८ रन बनाए।

    बलिङमा अफगानिस्तानका लागि राशिद खानले दुई तथा मुजीबउर रहमान, नवीन उलहक र मोहम्मद नाबीले समान एक-एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो ।

    उसका लागि गुलबन्दिन नाइब र कप्तान मोहम्मद नाबीले आक्रामक ब्याटिङ गर्दै टिमलाई मध्यम योगफलसम्म पुर्‍याए। दुवैले अविजित समान ३५/३५ रन बनको योगदान दिए।

    यस्तै, नजिबुल्लाह जद्रानले २२, करिम जन्नतले १५ तथा रहमानउल्लाह गुरबाज र असगर अफगानले समान १०/१० रन जोडे। बलिङमा पाकिस्तानका लागि इमाद वासिमले २ तथा शादाब खान, हसन अली, हरिस रौफ र शाहीन शाह अफ्रिदीले समान एक-एक विकेट लिए।

    जारी विश्वकपमा पाकिस्तानको यो लगातार तेस्रो जित हो। उसले पहिलो खेलमा भारतलाई १० विकेटले हराउँदै दोस्रो खेलमा न्यूजिल्याण्डलाई ५ विकेटले पन्छाएको थियो।

    आजको जितसँगै पाकिस्तान शीर्ष स्थानमा कायमै छ। समूह ‘१’ मा रहेको पाकिस्तानले ३ म्याचमा ६ अंक जोडेको छ । त्यस्तै, यही समूहमा रहेको अफगानिस्तान दोस्रो, नामिबिया तेस्रो, न्यूजिल्याण्ड चौथो, भारत पाँचौ र स्कटल्याण्ड छैटौँ स्थानमा छन्।

    भोलि समूह १ का दुई खेल हुनेछन्। पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकाको सामना गर्नेछ भने दोस्रो खेलमा अष्ट्रेलियाले इंल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

    समूहमा समान २-२ खेलबाट शतप्रतिशत जित निकालेका इङ्ल्याण्ड र अष्ट्रेलिया शीर्ष दुईमा छन्। यस्तै समान २ खेलबाट २-२ अंक जोडेका श्रीलंका र दक्षिण अफ्रिका तेस्रो र चौथो स्थानमा छन्।

    आजै भएको पहिलो खेलमा बंगलादेशलाई हराउँदै वेष्टइन्डिजले तीन खेलबाट २ अंक जोडेको छ। बंगलादेश अंकबिहिन हुँदै पुछारमा छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया