• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बेलायत उड्नुअघि देउवाले कसलाई दिए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ?

    472
    SHARES


    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँडलाई दिएका छन् ।

    एक साताका लागि शुक्रबार बेलायतमा भ्रमणमा गएका प्रधानमन्त्री देउवाले सो अवधिका लागि गृहमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पेका हुन् ।

    विहीबार साँझ प्रधानमन्त्री देउवाले खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवार दिएको पत्र राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ पठाएका थिए । सरकारका मुख्यसचिव शंकरदास बैरागीले विहीबार साँझ नै राष्ट्रपतिलाई पत्र बुझाएका थिए ।

    गृहमन्त्री खाणको सचिवालयका अनुसार अहिलेसम्म राष्ट्रपति कार्यालयबाट कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रदान गरिएको पत्र प्राप्त भएको छैन । वर्तमान मन्त्रिपरिषदमा दोस्रो वरियतामा रहेका खाणले कार्यवाहक जिम्मेवारी पाएका छन् ।

    मन्त्रिपरिषदमा उपप्रधानमन्त्री नरहेकाले गृहमन्त्री खाणले कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।

    माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा सम्मिलित सरकारमा काँग्रेसले सरकारको नेतृत्वसहित दोस्रो र तेस्रो वरियता पनि आफै राखेको छ । दोस्रो वरियतामा गृहमन्त्री खाण र तेस्रो वरियतामा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की रहेका छन् ।

    प्रमुख सत्ता साझेदार माओवादी केन्द्रबाट सरकारको नेतृत्व गरेकी पम्फा भुसाललाई चौंथो वरियतामा राखिएको छ ।

    त्यस्तै काँग्रेस सभापति सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिको उम्मेदवारी कसैलाई नदिएको पाइएको छ । प्रधानमन्त्री समेत रहेका देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई दिएपनि कार्यवाहक सभापतिको जिम्मेवारी अहिलेसम्म कसैलाई दिएका छैनन् ।

    काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले कसैलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएकोबारे आफूलाई जानकारी नभएको बताए । यसअघि विदेश भ्रमणमा जाँदा उपसभापति विमलेन्द्र निधिलाई कार्यवाहक उपसभापतिको जिम्मेवारी पाउँदै आएका थिए ।

    उपसभापति निधिको स्रोतका अनुसार देउवाले अहिलेसम्म कार्यवाहक सभापतिको जिम्मेवारीबारे निधिलाई जानकारी दिइएको छैन ।

    १४ औं महाधिवेशनमा साथ छोड्ने संकेत देखाएपछि देउवा र निधिको सम्बन्ध सुमधुर छैन । देउवा सभापतिमा दोहोरिन चाहेका छन् भने निधि पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया