• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित, प्रकाशमान सिंह कति मतले हारे ?

    19.9K
    SHARES

    काठमाडौं, २१ फागुन ।

    नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । संसदीय दल निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले दिएको जानकारी अनुसार देउवा ४४ मत पाएर निर्वाचित भएका हुन्।

    सभापति देउवाले २५ मतको अन्तरले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई पराजित गरेका छन् । कुल ६३ मत मध्ये देउवाले ४४ मत ल्याएका छन् भने सिंहले १९ मत मात्र पाए । संसदीय दलको नेतामा सभापति देउवासँग पूर्वमहामन्त्री सिंहले प्रतिस्पर्धा गरेका थिए ।

    पराजित हुने निश्चित भएपनि देउवालाई सर्वसम्मत हुन नदिन सिंहको उम्मेदवारी परेको थियो । नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधरले सिंहलाई उम्मेदवार बनाएका थिए । सभापति देउवाको कारण स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले लज्जास्पद पराजय भोग्नु परेकोले संसदीय दलको नेता अरुलाई नै बनाउनु पर्ने पौडेल र सिटौला पक्षधरले बताउँदै आएका थिए ।

    देउवा निकट प्रवक्ता विश्वप्रकाश शर्मा, प्रदिप गिरी र डा नारायण खड्का सहित पौडेल र सिटौल समुहले महामन्त्री डा। शशांक कोइरालालाई सर्वसम्मत संसदीय दलको नेता बनाउन लविङ गरेका थिए ।

    यसैबीच नेपाली कांग्रेस संसदीय दलको नेताका लागि मतदान भइरहँदा संसदीय दलको बैठक पनि तय भएको छ । बैठक सोमबार दिउँसो २ः३० बजे काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।

    बैठकले नयाँ संसदीय दलको नेतालाई बधाइ दिनुका साथै नेताले पदभारसमेत ग्रहण गर्ने कार्यक्रम छ । बैठकमा संसदमा प्रतिपक्षीको हैसियतमा कसरी प्रस्तुत हुने भन्नेबारे समेत छलफल हुनेछ ।

    प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो बैठक सोमबारै अपरान्ह ४ बजे बस्दैछ । बैठकमा अनिवार्य उपस्थितिका लागि सांसदहरुलाई सूचना समेत जारी गरिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ