• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized

    सर्वोच्चमा प्रधानन्यायाधीश राणा एक्लै, १९ जना न्यायाधीशहरूले चाले यस्तो कदम

    333
    SHARES


    काठमाडाै‌ । सर्वोच्च अदालतका १८ न्यायाधीशहरू प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाविरूद्ध राजीनामा माग्ने र थप कदमको लागि छलफलमा जुटिरहँदा न्यायाधीश तेजबहादुर केसीले भने आफ्नो पक्षधरता हिजोसम्म खुलाएका थिएनन्।

    बिहीबार भने उनले आफू सर्वोच्चका १८ न्यायाधीशको साथमा रहेको सन्देश पठाएका छन्। यस्तो सन्देश उनले न्यायाधीश बमकुमार श्रेष्ठमार्फत् पठाएको अर्का एक न्यायाधीशले जानकारी दिए।

    ‘गोलाप्रथा, संवैधानिक परिषदका मुद्दा लगायतमा सबै न्यायाधीशहरूले गरेको निर्णयमा मेरो पनि साथ छ,’ उनको सन्देश उद्धृत गर्दै ती न्यायाधीशले भने।प्रधानन्यायाधीशसहित सर्वोच्चमा २० न्यायाधीश छन्। अहिले प्रधानन्यायाधीश विरूद्ध १९ न्यायाधीशहरू एकजुट भएका छन्।

    मन्त्रिपरिषद, संवैधानिक परिषदलगायतमा भाग मागेको, सर्वोच्चले गरेका फैसला देखाएर सौदाबाजी गरेको र गोलाप्रथाद्वारा पेसी तोक्छु भनेर पछि हटेको लगायतका कामकारबाही गरेर प्रधानन्यायाधीशले न्यायिक विचलन गरेको विवाद बढ्दै गएपछि सर्वोच्च अदालतका सात न्यायाधीशले शुक्रबार उनीबारे धारणा बनाउन छलफल गरेका थिए। आइतबार भने अरू सात न्यायाधीश पनि उनीहरूको छलफलमा सामेल भएका थिए।

    दीपक कार्की, मीरा खडका, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदी बसेर बारसँग प्रधानन्यायाधीशले सोमबारका लागि बोलाएको फुर्लकोट बैठक बहिष्कार गर्ने निर्णय गरे।

    त्यो दिन सर्वोच्चका अरू पाँच न्यायाधीश ईश्वर खतिवडा, अनिल सिन्हा, सपना मल्ल प्रधान, कुमार चुडाल र तेजबहादुर केसी विदामा थिए। न्यायाधीश चुडाल मंगलबार आएर प्रधानन्यायाधीशविरूद्धको छलफलमा सामेल भए। मंगलबार नै सर्वोच्च अदालतमा अनुपस्थित तीन न्यायाधीशले आफूहरू १५ न्यायाधीशको साथमा रहेको र उनीहरूले गर्ने निर्णयमा सहमति रहने सन्देश पठाए।

    त्यस्तै सन्दैश बिहीबार न्यायाधीश केसीले पनि पठाएका छन्। आइतबारदेखि प्रधानन्यायाधीशविरूद्ध जुटेका न्यायाधीशहरूले बुधबार सर्वोच्चका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डित र बिहीबार भैरव लम्सालको निधन भएकाले छलफल स्थगित गरेको जनाएका छन्। बरू उनीहरू शोकप्रस्ताव पारित गर्न फुर्लकोर्टमा बसेका छन्। आइतबार खाजा समयपछि मंगलबारसम्म सर्वोच्चका न्यायाधीशहरू इजलासमा बसेका छैनन्। उनीहरूले पेशीमा भने बेन्च बस्न नभ्याएको जनाएका छन्।

    बुधबार र बिहीबार पूर्वन्यायाधीशहरूको निधनका कारण इजलास पनि स्थगीत भएका थिए। बुधबार पूर्वन्यायाधीश पण्डितको निधनको खबर आउनुअघि प्रधानन्यायाधीशले भने आफूलाई तोकेको एकल इजलासबाट पाँच वटा आदेश गरेका थिए। बिहीबार पनि उनले आफ्नो एकल इजलास तोकेका थिए। तर पूर्वन्यायाधीश लम्सालको निधनका कारण आजका इजलास स्थगित भएका थिए।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ