• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    227
    SHARES


    काठमाडाै‌ । संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक बिहीबार बस्दैछ । बैठक आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको हो ।

    संघीय संसद्का महासचिव डा. भरतराज गौतमले दिएको जानकारी अनुसार आज प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन’ पेस गर्ने एक मात्र कार्यसूची रहेको छ ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि प्रतिनिधि सभाको बैठक अवरुद्ध पार्दै आइरहेको छ । अझै पनि संसद् सुचारु गर्नेबारे दलहरूबीच सहमति हुन सकेको छैन ।

    तर, सर्वोच्च अदालतमा देखिएको विवादबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउनु पर्ने माग उठिरहेका बेला प्रतिनिधि सभाको बैठकलाई यसपटक चासोका साथ हेरिएको छ ।

    यता नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । विहीबार अपरान्ह ४ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा वडा र पालिका अधिवेशन रिपोर्टिङ र समीक्षा हुने उनको भनाइ छ ।

    एमालेले कात्तिक ६ गते वडाहरूमा अधिवेशन सम्पन्न गरेको थियो भने कात्तिक ९ गते पालिकाहरुमा एकसाथ अधिवेशन सुरु गरेको छ । वडा र पालिका अधिवेशनमा एमालेले सर्वसम्मतिबाट नेतृत्व चयन गरिरहेको छ ।

    तामाङका अनुसार राष्ट्रिय महाधिवेशन मापदण्ड र कार्यतालिकाका सन्दर्भमा छलफल हुने छ । १० औं महाधिवेशनका प्रतिनिधि तय गर्न मापदण्ड बनाएर कार्यतालिका बनाइने उनको भनाइ छ । एमालेले आगामी मंसिर ११ र १२ गते चितवनमा पार्टीको १० औं महाधिवेशन गर्दै छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ