• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सिंहदरबारभित्र गो’ली चल्यो, केछ अवस्था

    3.7K
    SHARES


    काठमाडौं । सिंहदरबारभित्र गो’ली चलेको छ । यद्यपि कसैलाई केहि कस्ती भने नभएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो ।

    उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतजे बताएको छ । यस्तै सशस्त्र प्रहरी बल, नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मन्दिप श्रेष्ठ तोकिएका छन् ।

    संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई दिइएको हो ।

    सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई बुधबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालले सो जिम्मेवारी बुझ–बुझारथ गरे ।

    सो अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक अर्यालले उक्त जिम्मेवारी निर्वाहको क्रममा विभिन्न आम संचार माध्यम, विज्ञ संचारकर्मीहरु, विभिन्न संघसंस्था तथा निकायका विशिष्ट व्यक्तिहरुबाट प्राप्त भएको सहयोग, समन्वय तथा सहकार्यप्रती हार्दिक आभार प्रकट गरे।

    सशस्त्र प्रहरी नायव महानिरीक्षक अर्यालले संगठन र राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा सशस्त्र प्रहरी बल, नेपालले सम्पादन गरेका विभिन्न जनसरोकारका विषयहरुबारेका सूचना तथा समाचार प्रकाशन प्रसारणमा उनीहरुबाट प्राप्त भएको सहयोग आगामी दिनहरुमा समेत निरन्तर रुपमा रहने विश्वास व्यक्त गरे ।

    सशस्त्र प्रहरी बल, नेपाल विश्व शान्तिका लागि विभिन्न यूएन मिशनहरुमा विदेशमा रहेर तथा देशका ७७ वटै जिल्लाका विभिन्न ठाउँहरुमा परिचालित शान्ति सुरक्षा, सीमा सुरक्षा, सीमामा हुने विभिन्न प्रकृतीका अपराध नियन्त्रण गर्न क्रियाशील छन् ।

    तयस्तै अवैध चोरीपैठारी तथा निकासी नियन्त्रण आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति पक्राउ, विभिन्न समयमा भएका विपद्जन्य घटना तथा दुर्घटनाहरुमा परेका पीडित नागरिकहरुको उद्धार कार्य लगायत विभिन्न निकाय तथा आम नागरिकहरुसँग समेत हातेमालो गर्दै विविध कार्यसम्पादनमा क्रियाशील छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ